प्रत्येक उमेरका आ आफ्नै स्वभाव र बिशेषता हरु हुन्छन !बाल्यकालमा स्वार्थ तुलनात्मक रूपमा कम हुन्छ !त्यसैले मानसिक तनाव पनि कम हुन्छ !त्यसैले जीवनको उत्तरार्धमा गएर मान्छेले बाल्यकालमा भएका ,गरेका काम र घटनाहरु सम्झियो भने उसलाई आफ्नो जीवनको त्यो कालखण्ड सबैभन्दा स्मरणयोग्य र रमाइलो समय जस्तो प्रतीत हुन्छ !किशोर अवस्थामा परलिंगीको स्वभाव र रहस्य प्रति जुन आकर्षण बढ्छ ,त्यसले जीवनमा एक्कासी नया रंग भरी दिन्छ !यसले गर्दा जुन सप्तरंगी इन्द्रेणीले जीवनको त्यस कालखण्डमा आफ्नो रुप देखाउंछ ,त्यसको स्मृती पनि पछि सम्म मिठो र रोमान्चक हुन्छ ! जीवन चक्रलाइ उल्टो घुमाउन मिल्ने भए घुमाएर त्यतिखेरको रंगमा यतिखेरको परिपक्वता थपेर दोहोर्याउने इच्छा मान्छेलाई प्रौढ तथा बृद्ध अवस्थामा भैरहन्छ ! !युवा अवस्था देखि बिस्तारै बढ्दै जाने प्रतिस्पर्धा र परिपक्वताले मानिसलाई थप मानसिक दवाबमा पार्दै गएपनि त्यसबेला सम्म मान्छेको जोखिम मोल्ने र जीवनमा अप्ठ्यारा अनुभवहरुलाई संगाल्ने रहर र क्षमता दुवै बढी सकेको हुन्छ ! !प्रत्येक १० -१० बर्षमा मान्छेको सोच र स्वभावमा एक किसिमको परिमार्जन आएको मान्छे स्वयमले अनुभव गर्दै जान्छ !जीवनको उत्तरार्धमा पुगेको मान्छेलाई आफ्नै पहिलेको जोखिम मोल्ने प्रवृति सम्झेर आश्चर्य पूर्ण रोमान्च अनुभव हुन्छ ! कतिपय अवस्थामा किशोर अथवा युवाहरुले बयस्क व्यक्तीले साना साना निर्णय लिदा लामो समय र विचार विमर्श वा बिचार मन्थन गरेकोमा अचम्म लाग्छ !त्यतिमात्र होइन मान्छेको खाने लाउने र मनोरंजन गर्ने प्राथमिकताहरुमा पनि उमेर अनुसार फरक हुन्छ !मनको मित्रता वा मनको समझदारी फरक फरक स्वभाव बिचको सबैभन्दा ठुलो मिलनबिन्दु हो ! उमेरले दिएका भौतिक प्राथमिकताहरु बिचको समन्जस्यले पनि मान्छेको समान उमेरको अर्को मान्छेको सान्निध्यमा सहजता अनुभव गर्ने स्वभाव बिकाश गर्छ ! छोटो समयको निकटताको अवस्थामा परिपक्व मान्छेले यस्तो फरक फरक मानसिक स्वभाव वा भौतिक प्राथमिकता बीच तात्कालिन ब्यबस्थापन गर्न सक्छ !तर यस्तो ब्यबस्थापन लामो संगत अथवा दाम्पत्य जीवनको निर्बाह गर्ने कुरामा प्रभावकारी हुन सकदैन !किशोर अवस्थामा प्रकृतिले पुरुषको भन्दा नारीको शारिरीक बिकाश क्रम पुरुषको तुलनामा छिटो हुने ब्यबस्था गरेको हुन्छ !जन्मजात पाएको मानसिक स्थिरताको गुण र पछि हुने द्रुत शारीरिक बिकाशले उही उमेरको पुरुषमा भन्दा उही उमेरकी नारीमा शारिरीक र मानसिक परिपक्वता दुवै बढी हुन्छ !त्यसमाथि सन्तानको जन्म र तिनलाई हुर्काउने क्रममा नारीले भोग्नु पर्ने शारिरीक ,मानशिक दवाब र तनाब पुरुषले भोग्नु पर्दैन !त्यसकारणले त्यो बेला पुरुषको तुलनामा नारीमा दुवै किसिमको परिपक्वता एक्कासी बढ्छ र सुरु देखिको फरक यतिखेर आएर झन बढी स्पष्ट र उल्लेख्य हुन्छ !त्यसैकारणले यो उमेरदेखि उता नारी पुरुषको उमेरमा ५ देखि १० बर्ष सम्मको फरक गौण जस्तो हुन्छ !प्रसुती को समयमा स्वास्थ्यको ब्यबस्थापन त्यसपछि बच्चा हुर्काउने र स्तन पानको समय अनि त्यसभन्दा पछि पनि आफ्नो स्वास्थ्यका मुख्य सूचकहरुको ब्यबस्थापनमा नारीको सतर्कताले यो फरकलाई २ -४ वर्ष तलमाथि पार्न सक्छ ! यहि कुरालाई मध्य नज़र गरी अधिकांश समाजमा हुने संस्थागत बिबाहमा पुरुषको भन्दा नारीको उमेर ५ -१० बर्ष फरक राख्ने चलन भएको पाइन्छ !नारीको उमेर बराबरी भएको अवस्थामा नारीले आफ्नो शारिरीक स्वास्थ्यमा अतिरिक्त ध्यान पुर्यायो भने यो नहुनुको केहि क्षतिपूर्ति हुन् सक्छ !तर महिनाबारी बन्द हुने समयमा नारीमा एक्कासी बिकसित हुने मानसिक र शारिरीक परिपक्वतामा झनै स्पष्ट हुन्छ !उता त्यो बेला पुरुष अधबैंसे उमेरको स्वाभाविक अराजकतालाई झेल्दै गरेको अवस्थामा हुन्छ ! नारीको प्रजनन क्षमताले त्यहाँ बिश्राम लिन्छ तर पुरुषको प्रजनन क्षमतामा ७० बर्षको उमेरसम्म उल्लेख योग्य कमि आएको हुदैन ! त्यसैले दुबैको मनो शारिरीक समन्जस्यमा यो उमेरमा अलि समस्या उत्पन्न हुन सक्छ !नारीहरुले आफ्नो स्वास्थ्यमा समुचित ध्यान दिन थाल्दा शहरी र शिक्षित बर्गमा बिस्तारै उनीहरुमा इस्त्रोज़ेन्न हर्मोन्मा कमी आउने यो उमेर सरदर ४५ -५० बाट ५० -५५ तिर उकालो लाग्दै गएको एक सर्वेक्षण मा पाइएको छ ! यहासम्म त ठिकै छ,तर बैबाहिक सम्बन्ध जोड्दा खेरिनै नारीको उमेर पुरुष भन्दा बढी राख्ने प्रचलन भएका हाम्रै देशका केहि नारी प्रधान समुदायहरुमा अब यो यथार्थलाई मनन गरी सामाजिक सुधारको सुरुवात हुनु अत्यन्त आबस्यक भैसकेको छ !