फ्यान्टासी…………………………………………………………………………………..२

यसबेला देखि सुरु हुने फ्यान्टासीको प्रभावले मान्छेलाई यसको सामर्थ्यको बारेमा परिचित गराउँछ !जीवन साथीको खोज र आफ्नै घरबार शुरु गर्दा सम्म मान्छेमा यसको धंगधंगी रही रहन्छ र कहिले कहीं यसले मानिसलाई  आफ्नो सारा परिवार र यथार्थको धरातल संग मुठभेडको स्थितीसम्म पुर्याएका पनि उदाहरण छन !यसका प्रभाव हरु सधै नकारात्मक मात्रै हुन्छन भन्ने छैन !आत्म बिश्वास मा वृद्धि ल्याएर यसले सकारात्मक प्रभाव पनि पार्छ !यसमाथि कति भर गर्ने र यसलाई आफुले कसरी प्रयोग गर्ने भनेर जान्ने मान्छेको लागि यो सृष्टिको रोमान्सलाइ कायम राख्ने बलियो हतियार पनि बन्न सक्छ !

बच्चाको जन्मपछि दाम्पत्य रोमान्स लाइ कायम राख्ने सब भन्दा महत्वपूर्ण तत्व यौनप्रति महिलाको तुलनात्मक सिथिलता र यो सिथिलताबाट उत्पन्न हुने जोखिम र जटिलताको ब्यबस्थापन छुट्टै चर्चाको बिषय बनाउँदा मात्रै  त्यसप्रति बढी  न्याय हुन सक्छ ! तर यहाँ एउटा कुरा भने उल्लेख गर्नै पर्ने हुन्छ !त्यो के भने नारीलाइ यो बेला आएर  आफ्ना जीवनका सबै सपनाहरु  जुनसुकै रूपबाट भएपनि आफ्नो सुन्दरताको उच्चतम बिन्दुमा पुगे जस्तो लाग्न सक्छ भने पुरुषलाई बिबाहित  जीवनका सबै कल्पनाहरु अर्थहीन भएको सोचले बिचलित गराउन सक्छ !त्यसबेला त्यसले आर्थिक सम्वृद्धिको बैकल्पिक आनन्द को शरण लिन्छ या यौन विचलनको बिकल्प खोज्छ भन्ने कुरा वैयक्तिक स्वभाव र दुबैजनाको जीवनका जटिलता ब्यबस्थापनको क्षमतामा निर्भर गर्छ !
प्रौढ उमेर र बुढेशकालको यौन जीवनको ब्यबस्थापनमा फ्यान्टासीको आफ्नै मजा र महत्व हुन्छ !हर्मोनको प्राकृतिक उतार चढावले गर्दा बेला बेलामा महसूस हुने सिथिलता लाइ आपसी सल्लाह वा एकतर्फी प्रयोगको रूपमा फ्यान्टासीको माध्यमबाट राम्रै ब्यबस्थापन गर्न सकिन्छ !यस बिचमा बढ्दो आपसी समझदारी र आफ्नो भन्दा आफ्नो यौन साथीको आबस्यकता पूर्तीमा रमाउने प्राथमिकताले एक अर्काको सहयोगबाट काल्पनिक स्थितीहरुको परिकल्पना एकनासे वातावरणमा बिबिधता थप्न र रोमान्सको षडरसपूर्ण स्वाद थप्न पनि सजिलो पार्छ !कथानक धारावाहिक जस्ता फ्यान्टासी हरुको प्रयोगले यौन जीवनमा नितान्त नौलोपनको अनुभूती गराउन सक्छ !पुरुष को सृंगाररस बिबिधतामा  बढी फक्रिने र नारीको यौन जागरण देख्ने भन्दा सुन्ने सामग्रीहरुमा बढी निहित हुने हुनाले युवा युवती यौन साथीहरुमा पनि सम्भोग अघि आबस्यक प्राकक्रिडा लाइ उच्चतम बिन्दु सम्म पुर्याउन फ्यान्टासिको परस्पर प्रयोग अत्यन्त प्रभावकारी हुन्छ !
पुरुषका आँखा हरुले जीवनको उत्तरार्धमा पनि नारित्वको सुन्दरता आँकलन गर्ने शक्ति गुमाएको हुदैन अनि नारीका बृद्ध कानहरुलेपनि  आफ्नो नारी गुणको प्रसंसाको सुन्ने प्यास गुमाएका हुदैनन!
त्यसैले दुबैको समझदारीमा हुने यो प्रयोगको महत्व  कुनै पनि उमेरमा कम हुदैन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s