एकातिर सन्तानको जन्मले नारीलाई आफ्नो बैबाहिक जीवनको स्थायित्व प्रति गराउने सुरक्षाको अनुभूती र अर्कोतिर एक भन्दा बढी सन्तानकी आमाले उनीहरुको स्याहार सुसारमा दिनु पर्ने अतिरिक्त समय र ध्यानको कारणले कहिले कहिँ नारीलाई आबस्यकता भन्दा बढी आत्मकेन्द्रित बनाउन सक्छ !साथै नारीहरुमा आर्थिक आत्म निर्भरताका गतिबिधि हरु र शिक्षाको कमि भएको हाम्रो जस्तो समाजमा दाम्पत्य को महत्वपूर्ण उद्देश्य सन्तान उत्पादन भएको हुदा यसको समाप्तिपछि आफ्नो अस्तित्वको प्रयोजन तिनीहरुलाई हुर्काउनु अनि जीवनको उत्तरार्धमा कर्मकाण्डमा सहभागी हुनु मात्र भएको ठान्ने थुप्रै महिला छन यस्तो परिस्थितिबस आफ्नो अहम र यथार्थबीच यौटा सम्झौता स्थापित गरेर बसेको पुरुषको यो सौहार्द्रताप्रति कृतज्ञता भाव ब्यक्त गर्नुको साटो त्यसलाई उसको स्वाभाविक नियतीको रूपमा लिएर उ प्रति उपेक्षा भाव राखेको महसूसa पुरुषलाई हुन गयो भने पुरुषमा यौटा कटुता उत्पन्न हुन सक्छ !अधबैसे पुरुषको अर्थ सामाजिक आबस्यकता वा महत्वाकाक्षालाइ साथ दिन पनि पुरुषलाई नारीको साथ र समर्थनको जरुरत हुन्छ !यस्तो बेलामा उसले सबभन्दा पहिले आफ्नी जीवन संगिनी प्रति बिश्वास साथ अपेक्षा राख्नु स्वाभाविक हुन्छ !
प्राथमिकताको गोरखधन्दा ………………………………………………………..२
यस्तो समयमा नारीले ममता र दाम्पत्य बीच गर्ने ब्यबस्थापनले उसको मानसिक परिपक्वताको स्तर मापन गर्छ !यस समयमा आफ्ना प्राकृतिक र दाम्पत्य सम्बन्धबाट उत्पन्न हुने जिम्मेवारी बीच राम्रो सामन्जस्य स्थापना गर्न सक्ने नारीले जीवनको उत्तरार्धका आफ्ना अप्ठ्याराहरुको ब्यबस्थापनमा पनि पतिको आत्मियता निरन्तर पाई रहने सम्भावना हुन्छ !यतिखेर जीवनको स्वर्णिम सिक्काका दुइ पाटाहरुको समन्वयमा चुक्ने महिलाहरुले कहिले कहीं पुरुषको अधबैसे अराजकताबाट उत्पन्न हुन सक्ने विषम परिस्थिति हरुलाई झेल्नु पर्ने त हुन्छ नै! संग संगै जब अन्त्यमा सन्तान लगायत सबै आफन्तहरु जीवन यात्राको आ आफ्नै काल खण्डका जिम्मेवारी हरु निभाउनमा व्यस्त हुन्छन त्यतिखेरको सबभन्दा स्वाभाविक र भरपर्दो साथीको मनमा धेरै अघि महसूस गर्नु परेको उपेक्षा बोधले जन्माएको कटुताको कारणले उसको आत्मियता बाट बन्चित हुनुपर्ने अवस्था पनि आउँ सक्छ !
दाम्पत्य जीवनको कुनै पनि कालखण्डमा कुनै पनि कारणले स्त्री वा पुरुषको तर्फबाट आफ्ना जीवन साथि/संगिनी ले पाउनु पर्ने प्राथमिकताको सहि मुल्यांकनको अभाव र दम्पतीबीच एक अर्काको महत्व र भूमिकाको अबमूल्यनले दीर्घस्थायी अवान्छित परिणाम त ल्याउँछ नै सम्बन्धहरुको सहि प्राथमिकता सूची पनि लाथालिंग हुन्छ ! विवेक यस्तै भाव प्रधान अवस्थामा प्रयोग गर्न इश्वरले मानवलाई दिएको अमूल्य निधि हो !