सम्भोग भावनात्मक संवेग बिना सम्भव हुदैन ! न्युनतम यान्त्रिक प्रक्रिया संग अधिकतम भावनात्मक संवेगहरुको समन्वय बाट पनि सम्भोग सम्भव हुन्छ ! एक अर्थमा यान्त्रिक प्रक्रिया बिना पनि सम्भोग सम्भव हुन सक्छ !तर मैथुनमा अधिकतम यान्त्रिक प्रक्रिया संग न्युनतम भावनात्मक संवेगको समन्वय भए मात्र पुग्छ ! यस iअर्थमा मैथुन यान्त्रिक बिधि प्रधान प्रक्रिया हो !मैथुनमा शरीर र मन एकाकार हुनु जरुरी हुदैन !शरीर र मन एकाकार नभए सम्भोग हुदैन !मैथुनको प्रयोजन सन्तान उत्पादन हो !सम्भोगको प्रयोजन पुरुष तत्व र नारी तत्व बिचको प्रेमको भौतिक अभिब्यक्ती हो ! दोहोरो मानसिक संलग्नता बिनाको सम्भोग मैथुन मात्र हो ! विधिको मात्र महत्व रहने हुनाले मैथुन एकोहोरो पनि हुन सक्छ !
सम्बन्धित दुवै पक्षको सम अर्थात बराबरी र भोग अर्थात प्रयोजनको बिषय भएकोले सम्भोगमा दुबैको संलग्नताको पारस्परीक अनुभूती न्युनतम शर्त हो !शारिरीक पक्ष गौण राखेर पनि यस्तो संलग्नता सम्भव छ ! मानिसमा प्रेमको भावनात्मक अभिव्यक्तीले आफ्नो शिखर छोएको बेला ज्ञान इन्द्रिय हरुले पनि त्यसको अनुभूतीको चाहना राख्दछन !अनि प्रेमको भौतिक स्वभावले आफ्नो प्राथमिकता लाइ प्रधान बनाउदै लैजान्छ !आँखा आँखा बिचको हेराइले प्रेमपूर्ण कटाक्षको रुप धारण गर्छ !बोलीले मात्र पनि यौन वा प्रेमका संवेग हरुलाई तिखो पार्ने र तिनको अनुभूतीले रोमान्च पैदा गर्न सक्छ !आफ्नो परिचित व्यक्तिको गन्ध वा विपरीत लिंगीका स्वाभाविक अथवा सृन्गारीक गंधहरुले भौतिक निकटताको आतुरिलाई बढाउछन !स्पर्शले पुरुषलाई नारीशुलभ कोमलताको अनि नारीलाई पुरुषसुलभ कठोरताको यथार्थ अनुभूती दिन्छ !संवेदनाका नसाहरु अझ बढी संबेदनसिल हुन्छन !सुम्सुम्याइले स्पर्शको एकनासेपनमा एक अर्काको प्रत्येक अंगको स्पर्श सुख थपेर एक अर्काको स्पर्शमा बिबिधताको रस र गहिराइ थप्छ !चुम्बनले अत्यधिक निकटताको अनुभूती गराउँछ !साथै प्रेमको उत्कर्षले आपसी निकटता प्रगाढ भएको संकेत पनि दिन्छ !यसरी भावनात्मक निकटता बोधमा दुवै पक्षबाट प्रकट हुने आतुरीले मानव सम्बन्धको यो विशिष्ट रूपलाई अझ सुन्दर बनाउँछ !लिंगको योनी भित्र प्रवेशको चरण अझ निकट हुने मानवीय चाहनाको अर्को कोशे ढुङ्गो मात्र हो !त्यो पनि सम्भोग कै यौटा साधन हो !त्यो आफैंमा साध्य होइन !साध्य त सम्भोगको अनुभूती हो ,जो परिस्थिति अनुसार त्यस अघिका कुनै पनि चरणमा पूर्ण भएको अनुभव दुवै पक्षले गर्न सक्छन !अथवा त्यसपछि पनि आफुले खोजेको अनुभव पूर्ण हुन नसकेको अनुभवले दुबैलाई मुख मैथुन ,आसन परिवर्तन वा सम्पूर्ण सिलसिलाको पुनराबृती तर्फ लैजान सक्छ !यसमा यान्त्रिक बिधि जस्तो यो पछि यो आउनु पर्छ र यस अघि यो हुनु पर्छ भन्ने नियम हुदैन !उल्लेखित सबै चरण पुरा नगरी पनि आपसी सहमतीमा सम्भोग पुरा हुन सक्छ !
स्पर्श पनि आफैंमा पूर्ण सम्भोग हो !कटाक्ष पनि अनुभूतीको श्रेष्ठताको आधारमा स्पर्श भन्दा मिठो सम्भोग हुन सक्छ !परिस्थिति र अनुभूती अनुसार कहिले कहीं सम्बाद मात्र पनि उत्कृष्ट सम्भोग हुन सक्छ !सर्त यौटै छ !अनुभूती दोहोरो हुनु पर्छ !सम्भोगको साध्य पनि त्यहिनै हो !अरु सबै साधन हुन !
मैथुन मा भने सबै यान्त्रिक बिधान पुरा हुनै पर्छ !त्यसमा तलमाथि हुनु हुदैन !दोहोरो अनुभूती न भए पनि हुन्छ !प्रेम र आकर्षण न भए पनि हुन्छ !मैथुनमा स्खलन साध्य हो अरु सबै साधन हुन !सृष्टिको निरन्तरताको लागि मैथुन बढी महत्वपूर्ण छ !दाम्पत्य को निरन्तरताको लागि ,मानवीय संबेदनाको उच्चतम रुप सम्भोग बढी महत्वपूर्ण छ !