मानिसका यौन तथा प्रजनन सम्बन्धि ब्यबहारहरुलाई नियन्त्रण र निर्धारण गर्ने निर्देशक सिद्धान्तहरुको बारेमा पूर्वीय र पश्चिमी दुवै समाजमा दुइवटा समानान्तर धारहरु छन !परम्परावादी अनुदार धारले धार्मिक मठ र मठाधीशहरुको संरक्षण पाएको छ र यसले उनीहरुकै औपचारिक बिचारको प्रतिनिधित्व गर्दछ !यो विचार अनुसार सृष्टिकर्ता मानिस भन्दा बढी सामर्थ्यवान छ ! मानिसले उसको कार्यलाई सघाउ पुग्ने खालका ब्यबहारमा मात्र आफुलाई सिमित राख्नु पर्छ ! त्यसमा जथाभावी हस्तक्षेप गरेर जटिल बनाउनु हुदैन कारण यौन तथा प्रजनन सम्बन्धि ब्यबहार कस्तो हुनु पर्छ भन्ने कुरा निर्धारण गर्ने जिम्मा सृष्टिकर्ता इश्वर आफैले लिएको छ !आधुनिक उदार विचारका समर्थक हरु मानिसले आफुलाई सजिलो पार्ने ब्यबहारहरुलाई समर्थन गर्दै जानु पर्छ र इश्वरको भर परेर आफ्नो ब्यबहार कस्तो हुनुपर्छ भन्ने कुरा निर्धारण गर्ने आफ्नो हकबाट आफुलाई बन्चित गरी आजभन्दा सयौं हजारौं बर्ष अघिका जटिल मान्यताहरुको थुप्रोमुनी थिचिएर बस्नु हुदैन भन्ने मान्दछन ! परम्परावादीहरू समलिंगी यौन सम्बन्ध र मानिसद्वारा गरिने गर्भपतन र जन्मान्तरका साधनहरुको प्रयोगको बिरोध गर्दछन र उनीहरु हस्तमैथुन,गुदा मैथुन र मुखमैथुन लगायत यौन आनन्द प्राप्तिको लागि प्रयोगमा आइरहेका सेक्ष् टोय जस्ता कृत्रिम साधनहरुको पनि बिरोध गर्दछन !उनीहरुको दर्शन अनुसार सृष्टिको रोमान्स लाइ कायम राख्ने जिम्मा स्वयम सृष्टिकर्ताको हो र यसमा कृत्रिम ब्यबहार थप्दैजानु मानिस आफैले आफ्नो टाउको दुखाउने काम गर्दै जानु जस्तो हो !सृस्ष्टिकर्ता को सृष्टि भित्रै यसका सबै कमि कमजोरीको समाधान लुकेको छ र मानिसको काम केवल त्यसको सहि ब्यबस्थापन गर्ने हद सम्म सिमित हुनु पर्छ ! उता आधुनिक उदारवादीहरु समयको अनुभवलाई समेटेर सृष्टि भित्र का कमी कमजोरी को समाधान मान्छे स्वयमले खोज्नु पर्छ !सृष्टिको रोमान्स लाइ समयानुकुल तरिकाबाट परिमार्जन गर्दै झन झन रसमय बनाउदै लाने काम मान्छेको हो भन्नेमा बिश्वास गर्दछन ! उनीहरु आफ्नो लागि सुहाउदो यौन ब्यबहारको को पहिचान मान्छे स्वयम आफैले गर्ने कुरामा बिश्वास गर्दछन र इश्वर अमुर्त भएको हुनाले यसको मुर्त स्वरूप मान्छेले आफै भित्र खोज्नुपर्छ र सृष्टीको रक्षाको अभिभारा मान्छे माथिनै भएकोले त्यसका जोखिम र त्यसका समाधान हरुको पहिचान गर्न मान्छे स्वतन्त्र हुनु पर्छ भन्ने मान्छन !परस्पर बिरोधि यी दुइ धारका दर्शनमा निरपेक्ष रुपले तुलना गर्दा दुबैमा केहि हदसम्म सत्य र केहि अतिरन्जित कुराहरु पाइन्छन !बिज्ञान र प्रविधिको बिकाश संगै मान्छेको हीत अहीतका पुराना परिभाषामा परिमार्जन जरुरी भएको र त्यस्तो परिमार्जन यस अघि पनि हुदै आएको कुरा सत्य हो ! मान्छेको सामुहिक विवेकले बिगतमा बनमा बसेर कन्दमूल र शिकार गरी खाने मान्छे खेति पाति गरेर , परिवार र दाम्पत्यको सहाराबाट सामाजिक जीवनमा प्रवेश गरेर आफ्नो सभ्यता आफै निर्माण गर्दै आएको कुरा यसअघि को पनि सत्य हो र मानिसको आफ्नो अग्रयात्राको क्रममा मान्छेले आफ्ना प्राथमिकता र ब्यबहारको पुनर्मूल्यांकन र ब्यबस्थापन गर्नु पर्ने कुरा यसपछि को पनि सत्य हो ! अर्को तिर सृष्टिका आधारभूत मान्यताहरु खल्बलिने खालका ब्यबहार र प्रयोगबाट मान्छेको मान्छेको हीत नहुने कुरा पनि त्यत्तिकै सत्य हो !परिवार र दाम्पत्यमा नबस्दा पनि मान्छेमा यौनको प्रयोग थियो र त्यसैले सृष्टिलाई रक्षा गरी राखेको थियो !खेति पाति नगर्दा पनि मान्छे केहि न केहि खान्थ्यो,नत्र उसको जीवन रक्षा सम्भव थिएन !तर परिवारमा बस्ने ,दाम्पत्यको करारनामा बनाएर त्यसलाई लागु गर्ने ,समाज र सभ्यताको बिकाश गर्ने निर्णय पनि मानव जातिकै हो !हिजोका केहि न केहि अनुभवले मान्छेलाई यसरी परिमार्जित हुन बाध्य बनाएको हुनुपर्छ !ती कारण लाइ नबुझी मान्छेले आफ्ना ती निर्णय हरुलाई उल्ट्याउने प्रयाश गर्नु मान्छेले आफ्नै खुट्टामा बन्चरोले हान्न खोज्नु जस्तै हो !टेस्ट ट्युब बेबी बच्चा नभएका दम्पतिहरुको लागि विज्ञानको बरदान हुन् सक्छ !तर सबै बच्चा अब त्यसै गरी मात्र पाउने निर्णय मान्छेले गर्न मिल्दैन र सक्दैन !शरीर र मनको यौन अभिब्यक्ती मा फरक परेर लिंग परिवर्तन गर्नु पर्ने अवस्था केहि मान्छेमा आउदा विज्ञानको माध्यमबाट लिंग परिवर्तन गर्न पाउनु पर्छ ,तर जसलाई जतिखेर मन लाग्यो वा आफ्नो जिम्मेवारी बाट पलायन गर्न मन लाग्यो त्यतिखेर लिंग परिवर्तन गर्न पाउने अराजक स्वतन्त्रताको अधिकार समाजले दिन मिल्दैन !यस्तै जन्मजात मानशिक यौन अभिब्यक्ती शारिरीक अभिब्यक्ती भन्दा फरक भएको अबस्थामा मानसिक विपरीतलिंगी तर शारिरीक समलिंगी लाइ दाम्पत्यको परिभाषा भित्र कसरी समावेश गर्ने भन्ने कुरा समाज र सभ्यताको चासोको बिषय हुने पर्छ ,तर एकातिर बिबाह गरेर घरजम गर्ने अर्कोतिर समलिंगी यौन सम्पर्क पनि कायम गर्ने पाखण्डको लागि पनि समाजमा ठाउँ बनाउने गल्ती गर्नु हुदैन !
समलिंगी व्यवहारलाई जन्मजात स्वभावको रुपमा प्राप्त गर्ने अल्पसंख्यक प्रति सहानुभूती मात्र होइन उसको सामाजीक पुनर्स्थापनको बाटो पनि खोज्नै पर्छ !तर सिकेर वा संगतमा परेर यो बाटो आफ्नो रोजाइमा पार्नेलाई विचलनको रूपमा लिएर सुधार गृहहरु बनाउन पट्टि लाग्नुपर्छ !नेताले भोटको लागि र आइ एन जी ओ र अदालतले नोटको लागि यसलाई मानव अधिकारको रूपमा स्थापित गरीरहदा समाजले मुखमा दही जमाएर बस्न मिल्दैन !यौन सम्बन्धको प्रतिनिधि सम्बन्ध दाम्पत्यनै रहन्छ !
यसैको सेरोफेरोमा उचित सम्मान साथ अरु तर्क संगत सम्बन्धको मुल्यांकन हुन्छ ! अबिबाहित ,लामो समयसम्म दम्पतीहरु छुट्टिएर बस्नु पर्ने बाध्यात्मक अवस्थामा मानसिक तनाव पैदा हुने सम्भावना आएमा चिकित्सक संग परामर्श लिने सल्लाह साथ,एकै साधनलाई एक भन्दा बढी व्यक्तिमा प्रयोग गर्दा रोग सर्न सक्ने कुरालाई ध्यानमा राखेर कुनै बिशेसज्ञ वा प्रकाशन, प्रशारण माध्यमले हस्त मैथुन वा सेक्ष् टोय को पक्षमा सल्लाह दिन मिल्छ !त्यो पनि यस कारण कि बेश्याब्रिती बाट रोग सार्नु या प्राकृतिक आबस्यकता को कारणले बिबाह इतर सम्बन्ध कायम हुनु भन्दा यस्तो ब्यबहार व्यक्ति र समाज दुबैको लागि तुलनात्मक रूपमा उचित हुन्छ !अन्यथा कतिपय आधुनिक चिकित्साले खुलेआम प्रोत्साहित गरेर हस्त मैथुन गर्ने हरु कि त आफ्नो यस ब्यबहारले आफै मानसिक बैरग्यमा छन या दाम्पत्यमा आफ्नो दम्पतिसंग यौन सम्पर्क राख्न नसक्ने तर हस्तमैथुन गर्न सक्ने अवस्थामा छन !जसले उनीहरु आफैलाई थप विरक्ति तर्फ त लगेकैछ !आफ्नो जीवन साथि/संगिनी लाइ पनि उपेक्षाबोध गराएर मानसिक जटिलता तर्फ धकेलेको छ !