मुखमैथुन र गुदा मैथुनको प्रयोग यौन ब्यबहारमा विविधिकरणको माध्यम भएको दाबीसाथ पश्चिमी उदारवादीहरुको हात पक्डेर र केवल मनोरन्जनको लागि बनाइएका चलचित्र हरुको डुंगामा चढेर पुर्बी समाजमा भित्रिई सकेका छन ! तर यसमा बुझ्नु पर्ने कुरा को ज्ञान दिने कुनै चलचित्र भने बनेको पाइन्न !मुख मैथुन लाइ यौन ब्यबहारको रूपमा स्विकार्दा- दुवै दम्पतीले स्वीकार गर्नु पर्छ !एक जनाको मात्र स्विकृती वा आग्रह बलात्कार सरह हो !-मुख मैथुन गर्ने व्यक्तिको मुखमा वा यौनांगमा रगत आउने वा रगतको रगत वा र्याल संग प्रत्यक्ष सम्पर्क हुने घाऊ अथवा माध्यम हुनुहुन्न !अन्यथा त्यसैबाट यौन जन्य सरुवा रोगहरु एकबाट अर्को यौन साथीमा सर्न सक्छ !-दुवै यौन साथीका यौनांग हरु नियमित रूपमा सफा सुघ्घर राख्ने ब्यबहार दुबैले अबलम्बन गरेओ हुनु पर्छ !
गुदा मैथुन को बिपक्षमा थुप्रै कुरा छन !एक त मलद्वार पुरुष वा स्त्री सबैको मल निष्काशनको मार्ग हो !जसमा बिभिन्न परजीवी किटाणुहरु हुने सम्भावना बढी रहन्छ !यसमा बाहिरी सफाई ले मात्र पुग्दैन !पाचन प्रणालीको एक अंग भएकोले सम्पूर्ण पाचन प्रणालीको सम्बन्ध यससंग कुनै न कुई किसिमबाट हुन्छ !दोस्रो कुरा यसमा मुखको जस्तो र्याल वा योनीको जस्तो चिप्लो पदार्थ आउने ग्रन्थी हरु अत्यन्त न्यून मात्रामा सक्रिय रहन्छन !त्यसैले यसमा उत्तेजित लिंगको प्रवेश एबम घर्षण अत्यन्त पीडादायक र घाउ बनाउने खालको हुन्छ !त्यसमाथि मलद्वारको वरिपरी भित्तामा रहने झिल्ली अत्यन्त पातलो र कम्जोर हुन्छ !जसले गर्दा पहिले घाऊ नभएको ठाउँमा पनि घाउ हुन अति सजिलो हुन्छ !जसले गर्दा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ !फिसर ,पाइल्स वा फिस्चुला हरु गुदा मैथुन गर्ने हरुमा अत्यधिक रूपमा पाइन्छ !त्यसकारण दुवै थरिको स्वीकृति र सबै किसिमका प्रतिरोधात्मक उपायको प्रयोगको बाबजुद यो प्रयोग मानव स्वास्थ्यको लागि हानीकारक रहन्छ !एक किसिमले भन्दा यो प्रयोग आधुनिक विश्वमा पुरुष समलिंगी र उभयलिंगी दम्पतीमा अत्यधिक प्रयोगमा भएको आंकडा हुदा हुदै पनि पशुवत चरित्र छोडेर आफुलाई उन्नत जातको पशु घोषणा गदा गर्दै पनि मानिसले पशुत्वका केहि ब्यबहारहरु बुझपचाएर छोड्न नसकेको यौटा महत्वपूर्ण प्रमाण हो यो !
लिंगको विभेदको आधारमा गरिने सबै खाले गर्भपतन एक्काइसौँ सताब्दीको मान्छेको बाइसौं शताब्दीको या उन्नाइसौ शताब्दीको ब्यबहार हुन सक्छ ! कारण बीसौं शताब्दि समाजका कमी कमजोरी लाइ सुधार गर्ने शताब्दी भनी चिनिएकोछ !आफ्नो त्यस प्रयाश पट्टि नलागी मान्छेले आफ्नो मानवीय समबेदना बाट उम्किन खोज्नुले उसको जुझारु होइन पलायन्बादी चरित्रको मात्र परिचय दिन्छ !आमा वा बच्चाको स्वास्थ्यको कारणले गरिने गर्भ पतन मा संक्रमणको ठाउँ रहनु हुदैन बाँकी बिस्वास चिकित्सकमाथि गर्ने पर्छ !
यस्ता थुप्रै बिषय छन जसले निरपेक्ष उत्तरको अपेक्षा राख्दछन र जो मानिसका यौन तथा प्रजनन सम्बन्धि ब्यबहार र निर्देशक सिद्धान्त संग सम्बन्धित छन !यो चर्चा त्यस्ता प्रश्न हरुको उत्तर खोज्दा निरपेक्ष दृष्टीले अपनाउनु पर्ने आधार हरुको उदाहरण दिन को लागि गरिएको हो !परिवर्तन वा परिमार्जन अग्रगामी जाती र समाजका औजार हुन तर ती औजार मानवताका आधारभूत मान्यता र अधार हरुमै प्रहार गर्ने खालका हुनुहुदैन !यौटा पनि मान्छेले बहुसंख्यक भन्दा फरक भएकोमा सजाय भोग्नु नपरोस यसमा हामीले ध्यान पुर्याउनै पर्छ !यो युगको समानताको परिभाषा यहि हो !तर मानिस जन्मजात स्वार्थी हुन्छ ,त्यसैले उसलाई यस्तो संयन्त्रको आबस्यकता अबस्य पर्छ जसले निमुखा बहुसंख्यक हरुको मानवताको आधारभूत परिभाषा बाट बिचलित नहुने स्वार्थको पनि रक्षा गर्न सकोस !त्यस्तो परिभाषा सृष्टिकर्ताले सृष्टिको शुरुमा बनाएको परिभाषा भन्दा कुनै पनि युगमा फरक हुदैन !केवल त्यसको प्रसंग मात्रै मान्छेको परिवर्तन संगै परिवर्तन हुन्छ ! सृष्टिको शुरुमा केहि कोही पनि पनि अस्लील थिएन !आज पनि सृष्टि अस्लिल छैन कारण आमाको नजरमा सन्तान कहिल्यै कुनै पनि उमेरमा स्लील र अस्लील हुदैन !मान्छेको हेराइ र बुझाइ मात्र मान्छेको आफ्नै कमजोरी ढाक छोप गर्ने प्रयत्न स्वरूप स्लील र अस्लील्मा बाँडिएको छ !