प्रतिनिधि कथा …………………………………………………………………४

युनिभर्सिटिको रिजल्ट भयो !समीरले फस्ट डिभिजनमा एम बि ए उत्तीर्ण गर्यो !हिउँद आयो ,गयो बसन्त र बर्षा पनि आए गए !रुखका सबै पात झरे अनि फेरी पालुवा पनि लागे !समीर ले आफ्नै बाबाको अफिसमा इन्टर्नको  हैसियतमा काम गर्न थाल्यो !यसै बीच देशमा यौटा अप्रत्यासित परिस्थिति शुरु भयो !शुरु शुरुमा ठाउ ठाउका पुलिश चौकी हरुमा आक्रमण शुरु भयो !सरकारले यसलाई सशस्त्र बिद्रोह भन्यो !विद्रोहीले त्यसैलाई जन  बिद्रोह भने !  दिनै पिच्छे अनेकौं मान्छे हरुको मृत्यु भएको खबर  रेडियो ,टेलिविजन र छापामा आउँन थाल्यो ! हप्तै पिच्छे जस्तो बन्द हड्ताल हुन थाल्यो !शान्त वातावरण मा कमाई गरेर खाने नेपाली हरुलाई बाच्न धौ  धौ पर्न थाल्यो !

 एक दिन साँझ  अफिसको काम सकेर  बेलुका घर फर्कदा लिविंग रुममा एक जमात गेस्टहरु थिए ! अनौपचारीक डिनर र लन्च उसले बच्चै देखि देख्दै आएको हुदा उसलाई धेरै आश्चर्य भएन ! यस्ता भेटघाट हरुको माध्यम बाटै जीवन र व्यापारका महत्वपूर्ण निर्णयहरु गर्ने उसको बाबाका तहका ब्यापारीहरुको बानी संग ऊ राम्रो संग परिचीत थियो !त्यसैले ऊ सिधै आफ्नो कोठा तीर लाग्यो !कोट झिकेर ह्यांगरमा झुण्डायो !टाई खोल्यो ,त्यसपछि बाथरूममा गएर फ्रेस हुदै थियो ,  रामेश्वर भन्ने घरको काम गर्ने केटाले उसको कोठाको ढोका सम्म आएर भन्यो -हजुरलाई बाबा ले लिविंग रुममा बोलाउनु भएको छ !फ्रेस भएर उ लिविंग रुम तिर लाग्यो !
उसका बाबा र ममी आफु सधै बस्ने काउचमा बसेर हासी हासी गफ गर्न व्यस्त थिए !अगाडी का सोफामा एक जोडी प्रौढ दम्पति ,एक जोडी युवा दम्पती ,यौटी अलि बढी उमेरकी बिबाहीत युवती अनि यौटी  अबिबाहीता युवती थिए !समीरले सम्झन कोशिस गर्यो तर उसलाई उनीहरुमध्य  कसैलाई यस अघि कहिल्यै  देखेको सम्झना भएन  !बाबाले उसलाई देख्ने बित्तिकै बोलाउनु भयो -समीर बस !अनि आफ्नो छेउतीर इसारा गर्नु भयो !समीर बाबाको छेउको काउचमा बसिसकेपछि बाबाले अगाडी बसेको प्रौढ ब्यक्तितीर हेरेर मुसुमुसु हेर्दै भन्नुभयो !त यसलाई चिन्दैनस !यो मेरो बाल्यकाल देखिको साथि हो र यो यसको पूरा परिवार ! नेपाली भएर पनि आफ्नो जीवनको धेरै जसो समय बिदेशमा बिताउने भएकोले यो संग तेरो भेट नभएको हो !तर अब पररास्ट्र सचिवमा अस्ती यसको नियुक्ती भएकोले अब स्वदेशमै बढी बस्छ   !स्कूल र कलेज यसले र मैले संगै पढ्यौं !पढाइमा भुस्कोल भएकोले म आफ्नो बाबाको बिजिनेस सम्हाल्न लागें!आफ्नो घरबार पनि ढिलै शुरु गरें   !यो जेहेन्दार भएकोले लोकसेवा एकै चोटीमा पास गरेर परराष्ट्र सेवामा लाग्यो !घरबार पनि छिटै सुरु गरेर बाजे भैसक्यो !बिदेशमा राजदूत लगायत बिभिन्न पदमा कार्यरत रहदा यसले गरेको सहयोगबाटै आज हाम्रो बिजिनेस जहाँ छ त्यहाँ सम्म पुग्न सकेको हो !सानै देखि का गुच्चा खेल्ने साथी भएर पनि हामी त्यसैबेला देखि एक अर्कालाइ एउटा नाता लगाएरबोलाउथ्यों !त्यो नाता भन्यो भने सबै हास्छन!सम्धिज्यु -हामी एक अर्कालाई सानै देखी अहिले सम्म सम्धिज्यु भनेर बोलाउछौँ !हामी दुवै जनाले केही दिन अघिनै आफ्ना सन्तान माथिको आफ्नो बिस्वासको कारणले तिमीहरुको मन जितेर  यौटा निर्णय गरेका छौं   !यसकी बिबाह गर्न बाकि कान्छी छोरी सुजाताको र तेरो बिबाहको निर्णय !त्यसो भएन भने हाम्रो नाता मुखले मात्र सम्धिज्युको रहनेछ !याथार्थमा हामीलाई कहिल्यै जीवनमा फेरी त्यो मौका प्राप्त हुने   छैन !म यसमा तेरो बिचार सुन्न चाहन्छु !त के भन्छस छोरा ? बाबाको कुरा सुने पछी समीरले अगाडिको सोफामा बसेका सबैतिर बल्ल ध्यान दिएर हेर्यो ! आफ्नो आकर्षक व्यक्तित्वको दम्भ ले शिर ठाडो गरेकी ,आँखामा हृदय सम्म छेड्ने तेज बोकेकी यौटी युवतीलाई त्यहाँ उसले खोज्यो ! तर त्यहाँ त संकोचले आफु भित्रै समेटिन खोज्दै गरेकी, गोरो गालामा थपिएको लाजको लालीलालीलाई लुकाउन शिर निहुराएर भुइतीर आँखा गाडेर बसेकी यौटी पातली माया लाग्दी युवती  सुजाता थिई ! गौरी थिईन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s