प्रतिनिधि कथा …………………………………………………………………५

सुजाता संग बिबाह पछि समीरले जीवनको काल्पनिक संसार र यथार्थ बिचको फरकलाई अनुभूत गर्ने मौका पायो !  !सुजाता यौटी सरल नारी थिई !उसको सबै भन्दा ठुलो प्राथमिकता उसको पतिको सन्तुष्टी र खुसि थियो !सुजाता को संगत बाट कहिले कहिँ समीरलाई नौलो कुरा सिकेको जस्तो पनि     लाग्थ्यो !आफ्नो भन्दा अर्काको आनन्दमा रमाउने कुरा !बिस्तारै सुरुमा उसको मनको फ्यान्टासीमा आउने दृढ ,रोमान्चकारी नारी र सुजाताको सामान्य नारी सुलभ   बिनम्र कोमल स्वभाव बिचको लामो दुरी बिस्तारै कम हुदै जान थालेको जस्तो लाग्यो र त्यसपछि दुबैको अनुहार र स्वभाव एकअर्कामा बिलय भएको अनुभव हुन थाल्यो !सुजाताले आफ्ना आमा बाबुबाट राम्रो संस्कार लिएर आएकीले आफ्नो जीवनका कतिपय पक्षमा त्यसका सकारात्मक प्रभाव परेको अनुभव समीरलाई भयो !

देशको अवस्था झन झन नाजुक हुदै गयो !सरकार र बिद्रोही बीच बार्ता हुन लाग्दा धेरैको मनमा यौटा राहत अनुभव भयो !अब पक्कै देशले यौटा समाधान पाउछ !आखिर दुवै मिल्न खोज्नेकै बिचमा त बार्ता हुन्छ नि !आफ्नै दाजुभाई दिदी बहिनीहरु नमिली हुन्छ ? बहुसंख्यक नेपाली हरुको मनमा यस्तै आशाका आवाजहरुले भबिस्यको जीवन सजिलो हुने बिश्वास जगाउथे !तर त्यसको ठिक विपरीत एक्कासी एक दिन वार्ता भंग हुनु  र त्यसपछि सेना समेत मुछिने गरी गृहयुद्ध को वातावरण सृजना हुनु   नेपाली हरुको लागी अकल्पनीय यथार्थ थियो !धेरै युवक हरु साँढेको जुधाई बाछाको मिचाईमा परिने डरले देश छोडेर विदेश जान थाले ! रोजगारीको अभावले देश ग्रस्त भएकै थियो ,रोजगारी पनि पाइने ज्यान पनि जोगिने दोहोरो हीत हेरेर युवक हरु आफ्नो आफ्नो गच्छे अनुसारको खर्च गरेर विदेश जान लागे !बुढा बुढी र केटा केटी बाहेक गाउँमा कोहि नबस्ने जस्तो हुन लाग्यो ! विदेश नजाने वा जान नमिल्नेहरु पनि काठमाडौँ ,पोखरा ,बिराटनगर जस्ता ठाउँ तिर  सुरक्षाको छाहारी खोज्न थाले ! उद्योग ,ब्यबसायीहरुको लागी झन यो समय अत्यन्त अप्ठ्यारो र दुष्कर परिस्थिती लिएर आयो !चन्दाको माग गरिएका पत्रहरु अनि जमीन जायादाद बढी हुनेहरुको जमीन कब्जा भएका केही यथार्थ र केहि आतंकले मान्छेका रातको निन्द्रा हरायो !बास्तबमै हजारौं देखि लाखौँ करोडौं सम्मका चन्दा माग भएका चिठी हरु खुद्रा पसले देखि ठुला उद्योगपती हरु सबैले पाए !कति बिद्रोहीहरुको औपचारिक निर्णयबाट आए ,कति बिचमा मौका छोप्ने र एक अर्का संग दुश्मनी साध्नेले जन्माए त्यसको यथार्थ विवरण निकाल्न त ठुलो आयोगै गठन गर्दा पनि सम्भव नहुने स्थिति थियो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s