यहि पृष्ठभूमीमा समीरको बाबा अफिसमा बसेर काम गर्दा गर्दै एक दिन यौटा पत्र आयो !त्यस्मा वहा संग अत्यन्त बिनम्र भाषामा १० करोड रुपैया चन्दाको माग गरिएको थियो !पत्रमा लेखिएको थियो देशले यौटा समग्र परिवर्तनको माग गरी रहेको छ !यो परिवर्तन संग रास्ट्रको पुनर्संरचनाको कुरो पनि जोडिएको छ !यस्तो परिवर्तन र राज्य पुनर्संरचनाले देशलाई अग्रगामी परिवर्तन तिर लैजान्छ !त्यसैले यस्तो परिवर्तन नचाहने यथास्थितिवादी हरु संगको संघर्ष अहिलेको सशस्त्र जन बिद्रोह हो !प्रत्येक ठुला परिवर्तन हरुको लागि देशले केही बलिदान र केही योगदान चाहन्छ !आफुसंग केही नहुनेले रगत दिएर पनि यो आन्दोलनलाई योगदान गरेका छन !जो संग जे छ त्यसैको योगदानले हामीले देशलाई नया रुप दिनुछ ! एक पटक परिवर्तन बिरोधी शक्तीहरु परास्त भैसकेपछि देशमा आर्थिक आर्जन गर्ने अहिले भन्दा बढी मौकाहरु उपलब्ध हुनेछन !रास्ट्रिय उद्योग र व्यबशायको संरक्षण गरिनेछ !त्यसकारण जसले अहिले योगदान गर्छ उसलाई पछि उद्योग र ब्यापारको क्षेत्रमा संरक्षण पाउनेहरुको सुचिमा अग्र स्थानमा राखिने छ !
पत्र प्राप्त हुनासाथ परिवार र परिवारका आफन्त हरुको बैठक बस्यो !सबैले यस्तो ठुलो माग भएको पत्र कसैले बदला लिन वा परिस्थितिको लाभ लिन पठाएको हुन सक्ने सम्भावना नभएकोले यसलाई हलुका रुपमा लिनु नहुने सल्लाह र राय दिए !साथै यस्तो पत्र क्रान्तिकारी शक्तिको उच्चतम तहको जानकारी बिना आएको हुने सम्भावना नभएको कुरामा पनि सबैको यौटै राय थियो !पैसा भन्ने कुरा फेरी पनि कमाउन सकिन्छ !तर यो पैसा नदिदा हुन सक्ने परिणामको जिम्मेवारी कसले लिने भन्ने तर्क पनि त्यहाँ उठ्यो !
समीरको बाबाले सबैको सुझाव र तर्कलाई बडो ध्यान पुर्वक सुनेर धन्यबाद दिदै अन्तिममा मूल बिषयमा आफ्नो निर्णय सुनाउनु भयो – आफुले आफ्नो बाबाको ब्यापार सम्हाल्दा लाख करोडको त कुरै छाडौं , हजारको नाउँ लिन गार्हो पर्ने अवस्था थियो ! वहांले राज्यको कर छलेर वा उपभोक्तालाई ठगेर कहिल्यै कुनै अर्थ आर्जन गर्नु भएको छैन !यत्रो ठुलो रकम नगदमा कुनै उद्योगी ब्यापारी संग हुन गार्हो हुन्छ !व्यापारबाट यत्रो रकम झिक्दा ब्यापार मा लगानी गर्नु पर्ने न्युनतम लगानी नपुगेर ब्यापार नै ध्वस्त हुन सक्छ !त्यसकारण अहिले तत्काल एक पैसा पनि दिएर यस्तो मागको अगाडी घुडा टेक्नु भनेको भोली यस्तै अर्को असम्भव माग पुरा गर्ने संकेत दिनु हो !चन्दा ,सहयोग माग्नेले दिनेलाई या त आफ्नो इच्छा र क्षमता अनुसार दिने स्वतन्त्रता दिनु पर्छ या यस्तो मागमा बदनियत छ भन्ने कुरा बुझ्नु पर्छ !यदि लिनेले कम मा सन्तुष्ट हुने हो भने उ स्वयम बार्गेनिंग गर्न आउँछ !आफन्त हरुको अनुरोध र सल्लाहको बाबजुद वहा एक इन्च पनि आफ्नो अडानबाट हट्न मान्नु भएन !वहाको भनाइमा आफ्नो श्रम र पसिनाले कमाएको यत्रो रकम दिएर वहा आफुलाई फूट पाथमा ल्याउन चाहनु हुन्थेन !त्यसपछि वहालाई अलि कडा धम्की पूर्ण शब्द भरिएका र भौतीक कारबाही समेतको सम्भावना उल्लेख गरिएका स्मृति पत्र पनि आए तर रकम कम गरिएको कुरा भने त्यस्मा उल्लेख थिएन !
अन्तसम्म वहाँ आफ्नो अडान बाट एक इन्च पनि दाया ,बाया हट्न चाहनु भएन !आखीर पहिलो पत्र प्राप्त भएको १५ दिनको दिन बिहान वहा श्रीमती सहित मर्निंग वाक मा गएको बेला दुइ वटा मोटर साइकलको पछाडी बसेका अपरिचित सवारहरुको गोली प्रहारबाट त्यहि साँझ वहाको मृत्यु भयो !साथै त्यसै दिन बेलुका प्राप्त अर्को पत्रमा माग पुरा नभए परवारका अन्य सदस्यले पनि क्रमश वहाले भोगेको कारबाही भोग्नु पर्ने धमकी उल्लेख गरिएको थियो !