प्रतिनिधि कथा ……………………………………………………………………९

छोराको जन्म पछि सुजातामा केही परिवर्तन आए जस्तो समीरलाई लाग्न थालेको थियो !आफ्नो पनि प्रमोसन भएर  एउटा छुट्टै शाखाको पुरा जिम्मेवारी लिनु परेको हुनाले ऊ अफिसको काम  र मिटिंगहरुमा अलि  बढी व्यस्त हुन थालेको थियो !त्यसको थकान उसको मन र मस्तिष्क दुबैमा पर्नु स्वाभाविक थियो !सुजाता को समय बढी छोरी र छोराको हेरचाहमा बित्नु पनि स्वाभाविक थियो ,त्यस्मा उसलाई त्यति गुनासो छैन  !उ आफुले भरसक सुजाता लाइ आफ्नो बढ्दो व्यस्तताको बाबजूद सघाउने कोशिश गरेकै छ !तर पनि सुजाताको मुड किन हो सधै अफ रहन्छ !आजकाल त को कतिखेर सुत्छ ,को कतिखेर उठ्छ त्यसको पनि एक अर्कालाई पत्तै हुदैन !बेलुका सधै ठट्टा गर्दै टि भी सिरियल हेर्ने ,हप्तामा एक दिन घुम्न जाने सबै समय तालिका तोडियो !साच्चै भन्ने हो भने पहिले जस्तो दुबैको बिचमा खुलेर कुरा कानी पनि हुदैन !आजकाल त धेरै जसो माइत जादै सुजाता लाइ ठिक छ ! काम गर्ने यौटा फुच्चेको भरमा घरमा एक्लै धुमधुम्ती बस्नु भन्दा साथि भाइ कहाँ टाइम बिताउनु राम्रो ठानेर समीर पनि आजकाल ढिलो सम्म साथी हरुसंगई हुन्छ !सुजाता पनि पहिले जस्तो उ छिटो ढिलो घर आएको वास्ता गर्दिन !साथीहरुको संगत ले छुट्टीका दिन र साझ बिस्तारै म्यारिज खेल्ने र बियर व्हिस्की को रमाइलोमा बित्न थालेका छन ! सुजाता आजकाल  धेरै बढी मोटाए जस्ती पनि छ !दुवै जनाको संयुक्त मार्निंग वाकले पहिले दुबैलाई छरितो राखेको थियो !अब त मार्निंग वाक पनि छैन !आफ्नो शारिरीक स्वास्थ्य पट्टि ख्याल पनि छैन !सुजाता एक्कासी आफ्नो उमेर भन्दा दस बर्ष जेठी देखिन थालेकी छ !यो कुरा भन्यो भने चित्त दुखाउछे ! जीवनमा दिने कुरा मैले सबै हजुरलाई दिई सके ,अब के को लागि म साज सृन्गार गरेर बस्नु पर्यो !अब यिनीहरुलाई हुर्काएर घरबार गरेको हेर्न पाए मलाइ पुग्यो …हिजो मात्र सुजाताले भनेका शब्द समीरले जस्ताको तस्तै सम्झ्यो ! यस्तै के के  मनमा खेलाउदै एक सुरमा मग्न  भएको बेला प्रशाशन फाँटका उपसचिवले आएर उसलाई झस्काई दिए – के सोच्दै हुनुहुन्छ सर यति गम्भीर भएर !भोली   देखि त अनिश्चित कालिन आन्दोलन छ !अफिस कसरी आउने ? ११ नम्बर मा त होलानी !

ह ..ए  …हो त्यहि त होलानी !हेरौं आन्दोलन कति सशक्त   हुन्छ  !सरकारको पनि दबाउने तैयारी त कम छैन !तर यो बाह्रबुदे सम्झौताले बल देला जस्तो छ !तीन पक्षीयबाट संघर्ष  द्वी पक्षीय भयोनी अब !समीरले बोल्ने पर्ने भएर त्यती बोल्यो !
आन्दोलन सशक्त मात्रै होइन जोडदार भयो !संस्थापनको जरो हल्लाई दियो !आन्दोलनका बिचमा राजधानी बाहीर भएका बिशाल प्रदर्शन र अन्तिम दिनहरुमा काठमाडौँ को रिंग रोडमा रुखका हाँगा हल्लाउदै हजारौंको संख्यामा कर्फ्यु तोडेर काठमाडौँ छिरेका प्रदर्शनकारी हरुको हुल हेर्न लायक थियो !हिजो अस्तिसम्म कहाँ थिए इ मान्छे ?काठमाडौँमा सधै देखिने मान्छे मात्रै  त होइनन इनिहरु !सडकको पेटीमा उभ्हिएर केही कर्मचारी कुरा गर्दै थिए !जंगल वाला र सहर वालाको कुरा साच्चै मिलेको जस्तो छ !मलाइ  त त्यति बिश्वास थिएन !अब चाहिं ठुलै केहि हुन्छ !यौटाले भबिस्यबाणी गर्यो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s