प्रतिनिधि कथा ……………………………………………………………………१०

नभन्दै २०६२ चैतको अन्त देखि नपत्याउदो किसिमले सुरु भएको त्यो खहरे चैत ११ गते बाढीमा परिवर्तीत भयो !विघटित संसद पुनर्स्थापित भयो ! निर्बाचित संसदमा राजनैतिक सहमतीबाट  सिट थपिए ! बाह्र बजे राती थपिएका सिटमा छानिएका हरुले सपथ ग्रहण गरे !हिजोसम्म संसदका कट्टर बिरोधीहरु संसद अगाडिको चौरमा दिनभरी कुरेर संसदका बेन्च हरुमा  अटाइ न अटाइ खादियेर बसे  होलेरीमा घेर्ने र घेरिनेहरुले बृहत शान्ति सम्झौता मा हस्ताक्षर गरेर हात मिलाए !मन्त्रि मण्डलमा नया शक्तिले पनि ठाउँ पाउने भयो !
 छिटो छिटो नुहाएर समीर नौ बजे तिरै अफिस जान तैयार भयो !सुजाताले अलि आश्चर्यपूर्ण भावले उ तीर हेर्दै भनी -अब कहाँ जान लागेको नी यो बेला ?
 यो बेला कहाँ जाने गरेको छ म्याडम लाइ थाहा छैन ?समीरको स्वरमा हल्का व्यंग थियो !
अफिस जाने बेला त भएको छैन  अहिले !सुजाता पनि ठसकिई !
 म जस्तो  घडीको सुइ मिलाउन मिल्ने मान्छेले खाने हो यस्तो डाइलग  !सबै यस्तै सोझा कहाँ हुन्छन !अफिस मा मिटिंग भनेर  नगरकोटमा भेटिने बढी हुन्छन !
 दस बर्ष अघिका कुरा होलान घडी मिलाउने !अब धाक नलाए हुन्छ ! कसले नगर्नु भनेको छ र मिटिंग   !छिटै जाने भए मलाइ अघिनै भनेको भए हुन्थ्यो नि त !खाना पाकेकै छैन !
देशमा सबैकुरा अनिश्चित किसिमले भैरहेको छ भन्ने थाहा छैन ?मन्त्रि मण्डलको घोषणा हिजै राती हुनु पर्ने !अहिलेसम्म बालुवाटारमा मिटिंग सिद्धिएको छैन !प्रेसका प्रतिनिधिहरु एफ एम मा अब कुनै पनि बेला मिटिंग सिद्धिन सक्छ भन्दैछन !हाम्रो मन्त्रालयमा हिजोदेखिनै नया पार्टीको मन्त्रि आउने सम्भावना छ भनेर हल्ला छ !बालुवाटारमै सपथ लिएर अफिस आउन बेर छैन !अरु साथीहरु अघिनै मन्त्रालय  पुगेर फोन गर्दैछन मलाइ !कमलादी बाट एउटा बुके पनि त लिएर जानु पर्यो !यसो रेडियो टि भी सुन्ने फुर्सत भए पो थाहा हुन्छ !
सुजाताले केही बोल्न नपाउदै समीर बाहिर पुगिसकेको थियो !
समीर अफिस पुग्दा  लगभग सबै स्टाफ पहिल्यै अफिस पुगीसकेका थिए ! बिहान भोक भोकै आएका स्टाफ हरु  कटकटी सुकेका ओठ लिएर मध्यान्ह सम्म मन्त्रालयको ढोकामै उभिई रहे ! एक्कासी बाह्र बजेतीर लाइनको अगाडितिर अलि अलि ठुलो स्वरमा कुरा हुन थाल्यो !के नाउ रे ?हाम्रो मन्त्रीज्यूको नाउ थाहा भयो ?समीरले सारसले झैं घाँटी तन्काएर आगाडी उभिएर एफ एम सुनीरहेका सहसचिवलाई सोध्यो !अहिले भर्खर एफ एममा खबर आयो ! हाम्रो मन्त्रालयको मन्त्रीज्यु मा “कमरेड प्रज्वल “नियुक्त हुनु भए छ !
प्रशासनका उपसचिव अत्यन्त फूर्तिला र काम देखाउन माहिर थिए- उनि लाइनबाट फुत्त निस्किए र एउटा पियनलाई अलिपर लगेर कानेखुसी गर्न लागे !सबैजना उनको चाकरी पुर्याउन जान्ने खुबीबाट प्रभावित थिए !उनको यो तत्परता देखेर सबै मुसु मुसु हास्दै उनले गर्न लागेको कामको रहस्य जान्न उत्सुक देखिए ! त्यसपछि उनि  म भन्दा ठिक अगाडी आएर फेरी लाइनमा बसे !अनि खुसुक्क मेरो कान नेरी मुख ल्याएर भने मन्त्रीज्यु क्रान्तिकारी भएकोले फास्ट हुनुहुन्छ होला !मा चाहिं सुपर फास्ट हुन खोजेको, खै भ्याइन्छ कि भ्याई दैन ?वहा यहा पुग्नु अघि वहांको नामको बोर्ड अफिसको ढोकामा झुन्ड्याई दिई हालौं भनेको !  नभन्दै १५ मिनेट पछि पियन पुरानो मन्त्रीको नाम मेटेर त्यसैमाथि नया मन्त्रीको नाम  इनामेलले लेखेको बोर्ड राम्ररी सुकोस भनेर हातमा हल्लाउदै लाइनको बिचैबिच आयो ! !समीरले टाढैबाट प्रष्ट देख्यो मा .सुश्री .गौरी थापा “प्रज्वल “!अनि त्यसको ठिक तल उही पुरानो लेखाइमा भित्र ,बाहिर ,व्यस्त !
भोकको कारणले हो कि ,के ले हो समीरलाई एक्कासी रिंगटा लाग्ला जस्तो भयो !”मेरो जीवन अझै एक तपस्याबाट गुज्रिन बाकि छ !जीवन र मृत्यु बिचको खेलको तपस्या ” १० बर्ष अगाडिको त्यो बाक्य सजीव भएर उसको अगाडी उभ्भियो !
अर्को पांच मिनेट पछि पुलिस स्कर्टिंग सहित कालो गाडी आएर मन्त्रालयको गेट अगाडी उभ्भियो ! ड्राइभरले हत्त पत्त  गाडीको पछिल्लो ढोका  खोले पछि गार्डले स्यालुट हान्यो ! खैरो पैन्ट शर्ट र त्यसमाथि कोट अनि कोटको माथिपट्टी अगाडिको पट्टामा संसद्को लोगो लगाएको गौरीको अग्लो ,छरितो शरीर अझ छाटीएछ ! पहिलेको लामो कपाल कुम कुम सम्म आउने गरी छाटेको रहेछ !  मुसु मुसु हास्दै मन्त्रीज्यूले सचिव ज्यु संग हात मिलाएर परिचय गर्नुभो !अनि सबै संग क्रमश हात मिलाएर परिचय गर्दै जानु भो !बिस्तारै वहाँ समीरको ठिक अगाडी उभिएका  प्रशाशन फाटका  उपसचिव कहा आउनुभो !वहाको विवरण सबै मुसुक्क मुस्काउदै चासोसाथ सुनेपछि वहा समीरतीर आउनुभो !मेरो अनुहारमा आँखा पर्नासाथ वहाँले आफ्नो हात ले म तिर देखाउदै  अनुहारचाही फेरी त्यहि स्थायी मुस्कान साथ्  प्रशाशन उप सचिव ज्यु तिरै फर्काउनु भो !समीरले चीर परिचीत आवाज बोलेको सुन्यो-   -उपसचिव ज्यु बाइ द वे १० मिनेट पछि  मेरो कोठामा सचिव ज्यु ,तपाईं अनि वहाको मिटिंग छ ,अन्तिममा वहा भन्दा मंत्रिज्युका आँखाले म तिर इसारा गर्दै थिए !वहा मेरो स्वकीय सचिव नियुक्त हुनुभएको पत्र पनि तैयार गरेर ल्याउनु होला !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s