प्रतिनिधि कथा …………………………………………………………………८

समीर ले लोक सेवा आयोगको परिक्षा पास गर्यो !उद्द्योग मन्त्रालयको शाखा अधिकृतमा उसको पोस्टिंग  भयो !उसकी पुतली जस्ती राम्री छोरी पनि  जन्मिई !हस्पिटलमा सुजातालाइ एक्लै भेटेको बेला उसले उसको निधारमा प्रेम पूर्बक चुम्बन गर्दै भन्यो …तिमीले मलाइ सन्तानको  बाबु बनाएर जुन गुण लगायौ ,त्यो म जिन्दगीभर भुल्दिन !अर्को जन्म हुने कुरा मा मलाई बिश्वास छैन ! भयो भने त्यतिखेर पनि म यो गुण भुल्दिन !सुजाता लाइ जीवनको सब भन्दा ठुलो उपहार पाए जस्तो भयो !पोइको कृतज्ञता बोधको महत्व नारीलाई कति हुन्छ ,त्यो नारी बाहेक कसैले पूर्ण रुपमा बुझ्दैन !

देशको हालत झन् झन् बिग्रिदै थियो !आर्मी र बिद्रोही जान मुक्ती सेना बीच झडप भैरहन्थ्यो !जिल्ला सदरमुकाम हरुमा बिद्रोही सेनाले कुन दिन आक्रमण गर्ने हो कसैलाई थाहा हुदैन थियो !बाटोमा बम र पाशोमा परेर पनि कति मानिस मरे !मानव अधिकार र युद्धका न्युनतम सिद्धान्तको पालना दुवै तर्फबाट भएन !सर्बसाधारण चढेको बसमा कहिले मान्छे उतारेर कहिले न उतारी पनि आगो लगाइयो !पन्ध्र दिनसम्म लगातार यातायात बन्द हुनु मामुली कुरा भयो ! आफ्नो समेत सहमतिले बनेको र आफ्नो संबैधानिक रास्ट्र प्रमुखको  स्थान सुरक्षित रहेको संविधानलाई त्यसकै संरक्षकले घांटी रेटी रेटी मारेपछि स्थिति झन् गम्भीर भयो ! राजनीतिक दल पनि भड्किए !जसले गर्दा संघर्ष तिनकुने भयो !यसको निष्कर्ष कसरी निस्कने हो ,कसैले अड्कल काट्न सक्ने स्थिति रहेन !
समीरको जीवनमा अरु दुइ वटा महत्वपूर्ण घटना घटे -एउटा त उसको खुल्ला प्रतिस्पर्धाको परिक्षा बाट उप सचिव पदमा प्रमोसन भयो अनि उसको अर्को एउटा सन्तान पनि थपियो !यसपटक छोरोको रुपमा !इमान्दार ,लगनशील र मिलनसार स्वभावको भएको हुनाले उसका साथीहरु बढ्दै गए !यो उसको पहिले देखिकै गुण थियो !सम्पतीको किचलोमा नफसेको हुनाले घरपट्टि ममी र भाइ बहिनीहरुसंग पनि उसको राम्रो भलाकुशारी र आवत जावत थियो  !ससुराली पट्टि त त्यसै राम्रो छदै थियो !भाइहरु र ममिकै बिचमा बरु सम्पतिको लागि किचलो भैरहन्थ्यो ! उनीहरुले व्यापारमा पनि  त्यति उन्नति गरे जस्तो लाग्दैनथ्यो उसलाई !भर्खर सिक्दै छन् !उमेरमा पनि काँचै छन् !गर्लान,उ चित्त बुझाउथ्यो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s