प्रतिनिधि कथा …………………………………………………………………७

बाबाको देहावसान पछि समीरको परवारमा यौटा ठुलो भूकम्प आए जस्तै भयो !एकातीर दस करोड रुपैयाको ब्यबस्था गरेर बुझाउनु पर्ने अर्को तीर बाबाको क्रिया कर्मको पनि समुचित ब्यबस्था गर्नु पर्ने ,त् आफु बाहीर स्वतन्त्रता पुर्वक हिड्न पनि नपाइने ,सबै कुरा एकै पटक आइ पर्यो !प्राण त्याग गर्नु अघि बाबाले उस तीर माया लाग्दो आखाले हेरेर केही भन्न खोजे जस्तो उसलाई लागेको थियो !तर न वहांले भन्न सक्नु भयो ,न उसले बुझ्न सक्यो !भर्खरै पढाइ अनि बिबाह सकेर राम्रो संग ब्यबशाय तीर ध्यान दिन र सिक्न नपाउदै बाबाको देहावसान भएकोले उसले आफ्नो सम्पति र ब्यबशायको छेउ टुप्पो बुझ्न धेरै बाँकि थियो !फेरी साच्ची भन्ने हो भने बाबुको इच्छा र पारिवारीक सम्पतीको सुरक्षाको लागि मात्र उसले पारिवारीक व्यवसायमा प्रवेश गर्ने निधो गरेको थियो !नत्र उसलाई कागजमा लाखौं करोडौंको हिसाब तर मनमा बेचैनीको दुनिया प्रति खासै लगाव कहिल्यै भएन !धेरै पुराना स्टाफ हरु उसकी स्वर्गवासी आमाबाट उसले पाएको गुण भन्थे उसको सरल र सहज स्वभावलाइ !

बाबाको तेह्र दिनको काम सकिए पछि भएको पारिवारीक मिटिंगमा ममीले परिवारमा अब धेरै सम्पति नरहेको र सबैले अब आफ्नो अलग अलग ब्यबशाय पक्डेर स्वतन्त्र रूपमा त्यसलाई बिकाश गर्न पट्टि लागे मात्र फेरी कुनैदिन पहिलेको अवस्थामा फर्किन सकिने हुनाले काम र सम्पति दुबैको भागबण्डा गर्नु पर्ने कुरा उठाउदा उसले आफ्नी गर्भवती पत्नी सुजाता संग एक छिन सल्लाह गरेर भन्यो मलाइ ज्ञानेश्वरको हाल खाली रहेको पुरानो पुर्ख्यौली घर र न्यु रोडको ब्याबसायीक घरको एक तल्लाको स्वामित्व भए पुग्छ !बाँकि ममी ,भाइहरु र बहिनीमा अंसबन्डा गरे मलाइ  मन्जूर छ !म अब ब्यापार गर्दिन !सबै छक्क परे !ममीको आँखामा एक किसिमको सन्तुस्टीको भाव स्पष्ट देखा पर्यो ! वहांले भन्नु भयो – हुनत सबै व्यापारबाट पैसा झिक्दा व्यापारमा पनि के बाँकी होला र ?फेरी यती धेरै अरुलाइ पनि भाग पुर्याउनु छ !तर जेठो छोरो होस् !पहिले तेरै इच्छा पुरा गरौँ !बाँकी अरुमा बाडौला !त्यहिदीन वकीलको उपस्थितीमा उसले अन्य सबै सम्पतिबाट हक छाडेको कागजमा हस्ताक्षर गर्यो !
सुजाताको बुवाको रिटायर हुने बेला हुन् लागेको थियो ,तर उहा संग जीवनका उकाली ओरालीका लामा अनुभव हरु थिए !एकदिन वहाले  ज्वाईं छोरीलाई घरमै बोलाएर सल्लाह गर्नु भयो !न्यु रोडको घरको भाडाले अहिले लाइ जसो तसो जीवन धान्न पुग्छ !एक त खाली दिमाग बस्नु हुदैन भन्छन ,त्यसमाथि सुजाताको बच्चा हुने वाला छ !पछि अरु पनि बच्चा हुन् सक्छन !त्यसकारण ब्यापार नगर्ने भए पछि अहिले लोक सेवा आयोगमा अधिकृत पद को बिज्ञापन भएको छ !त्यसमा फर्म भरेर तैयारी गर्नेकी ?समीरलाई बल्ल आफ्नो मनको गाँठो खुले जस्तो लाग्यो !यस्तै सरल र सहज जीवन बिताउने उसको चाहना उ आफैलाई बल्ल छर्लंग भयो !उसले भोली पल्टै लोक सेवा आयोगको फर्म भरेर बुझायो !अनि त्यसलाई ठुलो घटना को रुपमा नलिईकन पढ्न थाल्यो !त्यसको साथै गर्भवती सुजातालाई उ खाना पकाउन ,लुगा धुन ,इस्त्री गर्न हरेक कुरामा सहयोग गर्थ्यो !हप्तामा एक पटक उनीहरु बाहीर डुल्न सिनेमा हेर्न जान्थे !राति टि भी का कार्यक्रम पनि संगै हेर्थे !बाँकी समय निकालेर समीर पढ्थ्यो !करोडपतिको छोरोको हैसियतमा उसलाई श्रीमती संग बोल्न पनि फुर्सत थिएन!अहिले सुजाता लाइ महिना महिनामा एन्टी न्याटल चेक अपमा पनि उ आफै  लिएर जान भ्याउछ !सुजातालाई पहिलेको धनी समिर भन्दा अहिलेको मध्यमवर्गीय समीर संग को जीवन चर्यामा अत्यन्त सन्तुष्टि महसूस भैरहेको थियो !जीवनका इनै साना साना तर गहिरा आनन्द नदेखेर मान्छे आकासमा आनन्द खोज्दो रहेछ -उ कहिले कहीं ठुलो रहस्य बुझेझैं मन मनै हास्थ्यो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s