प्रतिनिधि कथा ………………………………………………………………….२

जाडोको छुट्टी सुरु हुनु एक हप्ता अगाडिनै प्रीतिको संयोजकत्वमा पद्मकन्या क्याम्पसको  स्नातक तह अन्तिम बर्ष  ,संगीत बिभागका छात्रा हरुको अनौपचारिक बैठक बसेको थियो !बैठकको अजेण्डा थियो -यसपाली को पिकनिक कहिले र कहाँ जाने ?क्याम्पसको पछाडी पट्टि रहेको क्यान्टिनमा यौटा टेबुलको वरीपरी सबै सरोकारवालाहरु बसेका थिए ! आफैले सबैलाई खबर गरेर बोलाएको हुनाले कुरो पहिले प्रीतिलेनै सुरु गरी !

केटी हो !तिमीहरुलाई थाहै छ , जाडोको छुट्टी र गर्मीको छुट्टीको सुरुमा बर्षमा दुइ पटक पिकनिक जाने हाम्रो ग्रुपको परम्परा रही आएको छ !यसपालीको अन्तरिक परिक्षा पनि सकिएको र अब हप्ता दिन पछी जाडोको छुट्टी सुरु हुने भएकोले हामीले तैयारीको लागि लाग्ने समयलाई पनि ध्यान दिदै  यो सिजनको पिकनिक कहा जाने र कहिले जाने भन्ने कुराको छिनो फानो आजै गर्नुछ !यसबारेमा कसैको केही प्रस्ताव छ ?                                                                                                                                                   प्रीतिले यति भनि सक्ने बित्तिकै  उसको  ठिक अगाडी बसेकी निलीमाले एक पटक खोकेर आफ्नो घाटि सफा गरे पछी बोल्न सुरु गरी -मेरो बिचारमा हामी यसपटक पिकनिक मनकामना जानु पर्छ ! क्याम्पस बन्द आउदो आइतवार देखि हुने र काठमाडौँ बाहिर घर हुने धेरै साथि हरुलाई घर पनि जानु पर्ने हुदा हामीले आउदो शनिबारनै पिकनिक जाने दिन निर्धारण गर्नु पर्छ !
मितिको बारेमा नीलिमाको प्रस्ताव संग मा सहमत छु !तर पिकनिक जाने ठाउ मनाकमनानै किन हुनु पर्ने ?अरु कुनै उपयुक्त ठाउ छैनन ?प्रीतिले निलिमासंग राय बझाई !
कुनामा बसेकी बर्षाले त्यहींबाट आफ्नो विचार भन्न सुरु गरी !मेरो बिचारमा निलिमाको समय र ठाउ दुबैको प्रस्ताव स्वागतयोग्य छ !  पहिलो त काठमाडौँ वरीपरीका धेरैजसो पिकनिक स्पट हामीले भ्याई सकेको र केवलकार चढेर मनकामना जाँदा पिकनिक र भगवतीको दर्शन समेत एकै  पटक हुनसक्ने भएकोले एक पन्थ द्वी काज पनि हुन्छ !
 – त्यस बाहेक अर्को यौटा  महत्वपूर्णकारण पनि छ,त्यो के भने स्नातकस्तरको पढाइ सकिएपछि धेरैको बिबाह हुने सम्भावना अत्यधिक भएको कारणले जसको प्रेम सम्बन्ध स्थापित भैसकेको छ उसलाई त्यसको सफलताको लागि अनि जसले आफ्नो जीवन साथि छान्न भ्याएका छैनन उनीहरुले आफ्नो सोच अनुसारको जीवन साथि पाउन मनकामना माता संग प्रार्थना गर्न ढिलो हुनु भन्दा अघिनै हामी मनकामना जानु जरुरी छ !त्यसकारण मनकामना जाने प्रस्ताव लाइ तुरुन्तै अनुमोदन गरियोस भनी म समर्थन गर्दछु !अर्को कुनामा बसेकी दुर्गाले आफ्नो चंचल स्वभाव अनुसार यति भन्ने बित्तिकै सबैले हलल हास्दै सबैले उत्साहित भएर ताली बजाए !
  गम्भीरताका साथ सबैका कुरा ध्यान पुर्वक सुनिरहेकी प्रीतिले सबै तीर गम्भीरता पुर्वक नजर घुमाएर सबैको आँखाको भाषा पढी सके पछी भनि- दुर्गाले दिएको कारण संग व्यक्तिगत रूपमा म सहमत छैन कारण शिक्षाको कमी र अन्धबिश्वासको कारणले ढुंगाको मूर्तीलाई भगवान भनेर मान्दैमा त्यसले कसैको प्रेम सफल गराई दिने र कसैलाई चाहना अनुसारको जीवनसाथी दिने कुरामा मेरो बिश्वास छैन !बरु आफ्नै प्रयाश बाट त्यो सम्भव हुने कुरामा म बिश्वास राख्छु !त्यसकारण त्यस्तो फाल्तु कारणलाई यो प्रस्ताव को समर्थनको कारण बनाउनु भन्दा यहाँ उपस्थित धेरैको पहिले देखि केवलकार चढ्ने आग्रह पनि रहिआएको र अहिले पनि सबैको आँखामा बहुसंख्यक साथि हरुको यो प्रस्ताव प्रति समर्थन झल्किएको महसूस गरेर म पनि यो प्रस्तावको समर्थन गर्छु !
तेरो भगवान नमान्ने नास्तिक विचारधारा संग हामी पहिले देखिनै परिचित छौं प्रीति !तैले बारम्बार त्यसको उल्लेख गरीरहनु पर्दैन !तर जे कारणले भए पनि आज हामि सबैको मनको भाव संग सहमति जनाएकोमा तलाई धन्यबाद दिदै अब पिकनिकको तैयारी का कुरा हरुमा छलफल सुरु गरौँ है त ! अन्जलीले प्रिती तिर हेरेर यति भनिसके पछी पिकनिक को ब्यबस्थापन का कुराहरुमा छलफल केन्द्रित भयो !

मनकामना जाने केबलकार मा उसले स्कूल बाट मनकामना टूरमा २ पटक आउँदा पनि यात्रा गरेकै हो ! तर दुवै पटक उसलाई त्यो यात्राको रोमान्च नौलो अनुभव भएको थियो !

बसबाट उत्रेपछि सबै साथी संग उ पनि केबलकारमा चढी ! बिद्युत शक्तिको मद्दतले धातुका लट्ठा ले तानेर माथि उठाउने त्यो यन्त्र बाकस सधैझै यस पटक पनि जब धर्ति छोडेर पहाडको पेट र छातीसंग   समदुरी राख्दै मास्तिर उक्लिन  लाग्यो उसलाई  आफ्नो मुटु कसैले मुट्ठीमा पक्डेर निचोरे जस्तो  भयो ! नाभिको पछाडिबाट एउटा चिसो वायुको गोला उठेर घाटी तिर आउन लागे जस्तो पनि अनुभव हुन थाल्यो !  साथिहरु लाइ पनि शायद त्यस्तै अनुभव भएछ क्यार ! ई ….आमा …को चिच्याईले एक छिन वातावरण नै कोलाहलमय भयो ! अलि माथि पुगेपछि प्रीतिले सोच्न भ्याई-कहाली लाग्दो यो अनुभव एक्लै छैन ,यो  सास अडकिन खोज्दाको  बेदना संगसंगै यौटा  उडानको   मिठासपूर्ण  रोमहर्षक अनुभूति पनि संग संगै छ !जसले त्यो पीडादायी सकस लाइ भोग्ने शक्ति सबैलाई दिदैछ !यौटा डाँडा माथि पुगेपछि फेरी उचाई बाट खस्दाको अनुभव अनि तल बाट फेरी माथि उक्लिदाको उही सकसपूर्ण रोमान्च पछी अन्त्यमा केवलकार आफ्नो अवतरणस्थलमा पुगेर रोकियो !
 पहिल्यै सल्लाह भए अनुसार प्रीतिले अरु  संगिनीहरु जस्तै त्यस दिन रातो रंगको  सारी र ब्लाउज लगाएकी थिई !  ठूल ठूला फूल  बुट्टाले भरिएको गुलाफी रंगको सारीमा उसको अग्लो कद र गोरो रंग बगैचामा फुलेको फूलजस्तो खिलेको थियो ! केवलकारको यात्राको रोमान्चकारी अनुभवले बिना सृंगारको उसको अनुहार रगत चुहला जस्तो यौवनको आभा मिस्रित लालीमाले ढाकिएको थियो !केवल कारको ढोका खुल्ने बित्तिकै सबैजना हस्यांग र फस्यांग गर्दै त्यसबाट बाहिर निस्कन थाले !ढुक ढुक गर्दो मुटु र खलाती जस्तो छिट छिटो चल्दो  स्वास प्रस्वास सहित एक छेउमा प्रीति पर्खिरही आफ्नो पालोको लागि !सबैजना निस्किई सकेपछी अन्त्यमा उ केवल कारको केविनबाट बाहिर निस्किन अगाडी बढी !
यौटा खुट्टा केबिनको बाहिर निकाले पछी अर्को खुट्टा अगाडी बढाउदै गर्दा उसलाई यस्तो महसूस भयो मानौं उसलाई कसैले अगाडी बढन बाट रोकी रहेछ !जसको कारणले उसको अगाडिको खुट्टा असन्तुलित हुन पुग्यो र उसको ठाडो  शरीर हुत्तिएर आगाडी उछिट्टीन पुग्यो !उछिट्टिएको शरीरको अग्रभागलाइ भुइमा पछारिनबाट रोक्न उसले आफ्ना दुवै हात अगाडी फैल्याई तर हातले  भुइमा छुनुको सट्टा अगाडिको प्लेटफर्मको छेउमा रहेको गहिरो खालि ठाउँ तिर फैलिए !जसले गर्दा उसको अडकेको पछाडिको खुट्टा समेत बलपूर्वक अड्किएको ठाउँ बाट फुत्कियो र उसका हात खुट्टा र शरीर केवलकार रोकिने प्लेटफर्म रहेको ढिस्को जस्तो जमीनको दाहिने पट्टिरहेको खाली ठाउँमा टाउको निहुरेको अबस्थामा हावामा बिना कुनै आधार बतासियो !यो सम्पूर्ण घटना यति कम समयमा भयो कि उ संग आउने र उ भन्दा अगाडी केबिनबाट बाहिर निस्किने साथीहरुले केवल उसको एक्कासी निस्केको चिच्याहट मात्र सुन्न सके भने !
एक सेकेन्ड भन्दा कम समयमा भएको यो घटनाको अन्तिम क्षणमा मात्र उ स्वयमलाइ पनि यति मात्र थाहा भयो कि उसको टाउको  कुनै पनि क्षण निक्कै तल रहेको जमिनमा पछारिने छ र अहिले उ बिना सहारा खालि आकाशमा छे !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s