जमिनमा पछारिन निश्चित भएको उसको मस्तिष्कमा त्यसअघिनै एक्कासी यौटा बृहत कम्पन भयो ! हावामा हुत्ती रहेको उसको शीर र दुवै खुट्टा दुइ वटा बलिया खम्बामा बज्रिए जस्तो उसलाई लाग्यो ! उसको शरीर एउटा भित्तो जस्तो अबरोधमा ठोक्कियो ! त्यसपछि उसको वरीपरी अध्यारो ब्याप्त भयो !अप्रत्यासित परिवर्तन संग क्षण क्षण साक्षात्कार गर्दै आएको उसको स्वस्थ चेतन अब अस्वस्थ भयो !उसको होस हरायो !