उनीहरु मन्दिरमा पुग्ने बित्तिकै पूजारीजीले सहिलालाई बाहिर बस्दै गर्ने इशारा गर्दै ,निसान लाइ भने मन्दिरको भित्री भागमैं बोलाए !त्यसपछि उनले निसानबाट त्यहा रहेका प्रतिमाको एक एक गरी पूजा गराए ! पूजापछि स्नेहसाथ उसको शीरमा अत्यन्त प्रेमभावका साथ सुम्सुम्याए ! अनि यौटा किताब उसको हातमा दिएर त्यसमा भएको यौटा भजनका लाइनहरु आफु गाउदै उसलाई दोहोर्याउदै गर्न लगाए ! उनी आफुले तबला बजाउदै भजन गाउदा निसानलाई उसको बासुरी बजाउन लगाउथे भने त्यहि हरफ निसानले दोहोर्याएर गाउदा निसानलाई तबला बजाउन लगाउथे !एक पटक यसरी यौटा भजन गाइसकेर अर्को भजनको अभ्यास गर्दा पूजारी इन्सान बहादुर अत्यन्त सन्तुष्ट र प्रसन्न देखिन्थे ! प्रसन्नताले गद्गद् भएर उनले मनकामनाको प्रतिमालाई साष्टांग दण्डवत गरे अनि निसानलाई पनि त्यसै गर्न लगाए !त्यसपछि मन्दिर बाहिर निस्केर उनले बरन्डामा आरतीको लागि जम्मा भएका सबै भक्त हरुलाई हात जोडेर बिनम्र स्वरमा भने -आज बिशेष कारणले सन्ध्या आरती केहिबेर ढिलो भएकोमा तपाईहरुसंग क्षमा याचना गर्दछु !तर आजको सन्ध्या आरती अगाडी म भगवतीको बिशेष आशिर्वाद प्राप्त यौटा भक्त संग पनि परिचय गराउने अनुमति चाहन्छु !
त्यसपछि बासुरी ,भजनको किताब र तबला लिएर उनी र निसान आमुन्ने सामुन्ने बसेर एक पछी अर्को भजन गाउन लागे ! यौटा भजन सकिएर अर्को सुरु भए पछी पूजारीले गाउने र सम्पूर्ण वाद्य सामग्री बजाउने जिम्मा इन्सानलाइ नै छोडी दिए !जति जति भजन अघि बढदै गयो त्यहाँ बसेका श्रद्धालु भक्त मात्र होइन सबै होटेल , लज र घर घरबाट मानिसहरु निस्किएर वरिपरी उभिएर मन्त्रमुग्ध भएर सुन्न र तालीले साथ दिन थाले !बत्ति मुनि अध्यारो भनेझै त्यहि घर भएकाले सधैको नियमित सन्ध्या पूजालाइ सामान्य घटना मानेर त्यो बेला मन्दिरमा नआउने मनकामनाबासीहरु यत्रो दिन कहिल्यै आफ्नो कान भगवतीको यति मिठो लयबद्ध र सुरीलो भजन तर्फ आकर्षित नभएकोमा विस्मित हुदै त्यो दिन घर घरबाट निस्केर भजन सुन्न आए !
अर्को दिनदेखि मनकामनाको बेलुकाको एक दुइ वटा नियमित भजन र पूजा सहितको सन्ध्या आरतिलाइ पूजारीले भजनको अलिलामो कार्यक्रम सहितको सन्ध्या भजन कार्यक्रममा रुपान्तर गरे !निसान त्यो कार्यक्रमको प्रमुख पात्र हुन पुग्यो ! ती भजनहरुमा बाद्ययन्त्रमाथिको मानवीय नियन्त्रण संग संगै छंद ,लय ,सुर र स्वरको यतिमिठो सम्मिस्रण हुन्थ्यो जसमा मानिसलाई सम्मोहन गर्न सक्ने क्षमता हुन्थ्यो !
भजनको यस्तो मिठास र निसानको संगीतका प्रत्येक विधामा यस्तो श्रेष्ठता बाट प्रभावित कतिपय भक्त र पर्यटकहरुले उसलाई प्रसन्न भएर आर्थिक दान दिन खोज्थे ,जुन उ कहिल्यै पनि स्वीकार गर्दैनथ्यो !बरु धेरै जोड गर्नेहरुले श्रद्धाले हातैमा थमाएको रकम र अरुले चढाएका भुइमा छरिएको भेटी दुवै हातले भुइबाट टिपेर मन्दिरभित्रको प्रतिमाको अगाडी लगेर प्रतिमाको अगाडी चढाउथ्यो !