प्रतिनिधि कथा ………………………………………………………………..४

सानै देखि उ अरु बच्चाहरु भन्दा फरक स्वभावको थियो ! अर्काको घर पछाडीको बारीमा पाकेका सुन्तलाका दाना गुलेलीले झारेर चोर्दै बारीको डिलमा बसेर खानेहरुसंग उसको कुरा कहिल्यै मिलेन !फागुको बेलामा पिचकारी लिएर घर घर भित्र सम्म पसेर मान्छेलाई रंग हान्दै हिड्ने समुहमा पनि उ कहिल्यै देखा परेन !यहासम्म कि दसैमा गाउँ घरमा टिका लगाउन  समुह समुहमा बाडिएर हिडदा  अनि तिहारमा देउसी भैलो खेल्न झुण्ड झुण्ड बनाएर हुल बाधेर टोल टोल गाउँ गाउँ चाहारे पछी सेल रोटि र अर्सा अनरसा लुछालुछ गर्ने र पैसाको बाँड फाडमा  किचलो गर्नेहरुको   समूहहरुमा पनि उ कहिल्यै देखिएन !आफ्नो उमेरका अन्य केटा केटीहरु भन्दा एकदमै फरक र  आबस्यकता भन्दा गम्भीर त्यस ठिटालाई गाउँका उसका समकालीन साथीभाईहरुले सोध खोज नगरेका पनि होइनन !ए निसान, के एक्लै बसेर झोक्राई रहन्छ्स ?आइज देउसी खेल्न जाउँ ,फागु खेल्न जाउँ ! उसका गाउँका र स्कूलका    समवयस्क र सहपाठी साथीहरुले   उनीहरुका हरेक कार्यक्रमको जानकारी सुरु सुरुमा  उसलाई  सधै दिने गर्थे !
एई निसाने, आइज है सिरानघरका मीठा मीठा सुन्तलाको स्वाद लिन मन छ भने !स्कूलमा उसकै क्लासको अर्को फुच्चोले दिउसो टिफिनको छुट्टीको घन्टी बज्ने बित्तिकै पकेटमा राखेको गुलेली  आधा झिकेर देखाउदै उ तिर अगाडिका सबै दात देखिने गरी हासेर इशारा गरेकै हो !मानौं ठुलै युद्धको मोर्चामा उनीहरु जान लागेका छन् !तर गाउँका साथि र स्कूलका सहपाठीहरुको आमन्त्रणको बाबजूद उ कहिल्यै पनि उनीहरुको निम्ता स्वीकार गरेर उनीहरुसित गएन !बरु कहिले एक्लै  एकान्तमा बारीको कान्लामा बसेर त कहिले गाउँ भन्दा अलि माथि पर्ने मनकामना मन्दिरको प्रांगणलाइ घेरेर बनाइएको पर्खालमा बसेर बासुरी बजाई  रहन्थ्यो ! नवरात्री भरी उसको बासुरी अथक रुपमा गाउँ र मन्दिरको वरीपरी मंगलधुन र मालसिरी का मिठा धुन छेडिरहेको हुन्थ्यो भने तिहार भरी उ एक्लै देउसी भैलोको धुन बजाउदै गाउँका गोरेटो हरुको लम्बाई नाप्दै गरेको पाइन्थ्यो !फूलपाती र कालरात्रीमा मनकामना मन्दिरका बिशेष कार्यक्रम हरुमा कतिपय वयस्क हरु भन्दा बढी जिम्मेवार हिसाबले भाग लिएर दर्शन देउ भवानी ………. भन्दै तिखो लयबद्ध स्वरमा प्रार्थना गर्दै मन्दिरको आसपासमा घुमिरहेको भेटिन्थ्यो !

मन्दिरमा दर्शनार्थीको बढी भिड हुने  शनिवार र छुट्टीका दिनहरुमा गाउँका केटाहरु पूजारीको सहमतिमा  स्वयम सेवक भएर दर्शनार्थीहरुको लाइन लगाउन जान्थे ! केटाहरुको त्यो प्रयासको कारणले तछाड मछाड गरेर , ढेपा ढ़ेप  गरेर दर्शन गर्न नसक्ने कैयौं दर्शनार्थीहरुले  नियम पुर्वक लाइनबाट दर्शन गर्न पाएकोले  खुसी  भएर  अनि  कोही कोही बढिनै चलाख दर्शनार्थीहरुले केटाहरुसंग इशारै इशारामा कुरा मिलाएर  सहमति भए बमोजिम केटाहरुले ल ल वहाँलाई अलि सन्चो छैन बिरामी लाइ पहिले दर्शन गर्न दिउँ भनेर लाइन मिचायेर एकै पटक ढोकामा  पुर्याएर दर्शन गराई  दिएकोमा  कृतज्ञ भएर दिएका पैसा जम्मा गरेर खाजा खान जादाको रमाइलोमा पनि उसलाई पहिले पहिले केटा हरुले बोलाउदै न बोलाएका होइनन !तर उसले कहिल्यै बाल सुलभ यी रमाइला र स्वाभाविक उत्ताउलोपन पट्टि कुनै चासो देखाएन !बरु  उमेरसंगै  उसको  आँखामा एक किसिमको गहिरो निराशा र बेचैनीको भाव उसका आफन्तहरुलाई खट्किने गरी प्रष्ट हुदै गयो !

गाउँका समवयस्क साथीहरुसंग पनि उठबस नगर्ने ,घर व्यवहारका काम काजमा पनि मन नलगाउने ,एक्लै बस्न रुचाउने भएकाले उसका आमा बाबु र छिमेकी हरुको ध्यान एकैपटक उ तिर आकर्षित भयो ! सबैले  कुनै कडा देउ देउताको उसबाट  अन्जानमा केहि बिगार भएकोले उसको   मानसिक   स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्ने आशंका गरे !त्यसपछि  ११  बर्षीय बालक निशान बहादुर थापा मगरलाइ उसका पिता दिलशान बहादुरले गाउँका साना ठुला ज्ञानी गुनी मानिएका व्यक्तिहरुको सल्लाह अनुसार  धामी ,झाँक्री ,जान्ने ,हेल्थ पोस्टको डाक्टर सबै कहाँ पुर्याए  !तर उसको  मनस्थितिमा न कुनै सुधार आयो न आनी बानि मा !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s