प्रतिनिधि कथा ………………………………………………………………५

अन्तमा सबैतिरबाट हार खाएर नातामा दाई पर्ने आफ्नै बंसज, मनकामना मन्दिरका पूजारी इन्सान बहादुर थापा मगरसंग एक दिन फूर्सत मिलाएर निसानका बाबुले आफ्नो दुखेसो पोखे !मन्दिरमा सधै जसो भिड भैरहने हुनाले अरुसंग जस्तो उनीसंग जति खेर मन लाग्यो त्यतिखेर दिल खोलेर कुरा गर्न त्यति सजिलो थिएन !

सबै श्रद्धालु भक्तहरुलाई बिशेष ध्यान दिएर उनीहरुलाइ नियमपुर्वक दर्शन गराउने ,एकातिर मन्दिरको नित्य देखि बिशेष पूजा र अर्कोतिर भक्तहरुका भाकलहरु पनि मन लगाएर, एकाग्र भएर सम्पन्न गराउने पूजारी इन्सान बहादुर गोर्खाका सबै शक्तिपीठहरुमा मगर जातका पूजारी रहने नियम अनुसार पुस्तैनी संस्कार र परम्परा अनुसारनै मनकामना मन्दिरका पूजारी भएका थिए !यसैले समाजमा उनको दोहोरो हैसियत थियो  -यौटा  पुस्ता दरपूस्ता देखि त्यस भेगका स्थानीय बासिन्दा रहेका मगर जातिमै जन्मेर पनि  आफ्नो संस्कारको बिकाशको माध्यमबाट  सबैको आस्था र श्रद्धा आर्जन गर्न सफल व्यक्ति भएको नाताले हुन आउने सामाजिक हैसियत !अर्को , पहिले देखिनै नेपाल का बिभिन्न भागमा ख्याती भएको , लाखौं भक्तको आस्था र बिस्वासको केन्द्र रही आएको र अब झन्   केवल कारको स्थापना पछी देशको सीमा नाघेर छिमेकी राष्ट्र भारत मात्र होइन पिकनिक ,पर्यटनको हिसाबले समुद्र पारी सम्म ख्याती  पुग्न थालेको शक्तीपीठ को पूजारीको हैसियत !यो पछिल्लो  हैसियतले  माग गर्ने जिम्मेवारीको कारणले उनको बढी समय र ध्यान मन्दिरको ब्यबस्थापनमै खर्च हुने गर्थ्यो !

स्वाभाविक  व्यस्तताको कारणले उनको बिशेष ध्यान मन्दिरको पूजा आजा र भक्तहरुको संतुष्टिमै बढी केन्द्रित हुन्थ्यो !त्यसैले उनले आफ्नै गाउँ घरको त्यसमाथि पनि सात पुस्ता भित्रको  नाता पर्ने भतिजाको बारेमा पनि त्यति धेरै बिचार गर्न भ्याएका थिएनन् !   आफ्नो बंसज भाइले अहिले गरेको कुरा र विवरणले  उनलाई यौटा कुरा भने अहिले हठात याद भयो ! मन्दिरको वरीपरी निकै देखिने यौटा   दुब्लो र सामान्य भन्दा अग्लो बालक  जसले बजाउने  अत्यन्त मिठो बासुरीको धुनले मन्दिरको पवित्र वातावरण लाइ बेला बेलामा अत्यन्त सुरम्य  बनाउने गर्दछ !अनि नवरात्री मा उसले गाउने मालसिरीले सबै देबी भक्त हरुको मन छुन्छ !  एक दुइ पटक उसलाई बोलाएर उसको परिचय माग्ने इच्छा पनि उनलाई नभएको होइन ,तर फूर्सदको कमीले उनि जहिले पनि बिर्सन्थे !
एक छिन आँखा चिम्लेर केहि तन्त्र मन्त्र जाप गर्दै ध्यान मग्न भए पूजारी इन्सान बहादुर !त्यसपछि आँखा खोलेर उनले सानो तर ओजपूर्ण आवाजमा एक एक शब्दमा जोड दिदै भने -हेर साहिला ,तेरो छोरो लाइ केहि देउता लागेको अथवा उसको मानसिक बिकाश नभएको भन्ने तेरो र अरु मान्छेको आशंका   सत्य होइन !बरु उसलाई केहि असाधारण गुण दिएर देवी माताले यस धर्तीमा पठाउनु भए जस्तो छ !तर उसले गुरु पाएको छैन !गुरु बिनाको ज्ञान र उद्देश्य बिनाको काम को कुनै महत्व हुदैन ,चाहे त्यो जतिसुकै राम्रो किन नहोस !आज साँझ माताको सन्ध्या आरतीको बेलामा तैले उसलाई म कहा लिएर आउनु !बाँकी म बाट हुने सल्लाह ,विचार र सहयोग सबै तैंले पाउने छस !
अघिल्लो दिन साँझ देखिनै होटेल ,लजमा बस्दै आएर साँझको आरतीमा पनि सम्मिलित हुने अनि भोलीपल्ट बिहान सबेरै नुहाईवरी धेरै भिड नहुदै भाकलको लामो पूजा छ भने ढुक्कले गर्ने गरी केही भक्तहरु हरेक दिन त्यहा पुगेका हुन्छन !त्यसैले बिहान झिसमिस सबेरै देखि दिउसो पूजारीको स्वल्पाहारको लागि केहि समय बाहेक साँझ सन्ध्या आरती भएर मन्दिरको ढोका बन्द नहुन्जेल दर्सनार्थीको लाइन मन्दिरको द्वारमा लागिनै रहेको हुन्छ !छुट्टीको दिन र खासगरी गर्मीको महिनामा पहाडको नाकमा बसेको यो शक्तिपीठमा चल्ने शीतल हावा र केवल कारको स्थापना पछी आवत जावतको सजिलोले गर्दा भक्त र पर्यटक दुबैको मिश्रणले होटेल र लज खचाखच हुन्छन र साँझको आरतिमा पनि उल्लेख्य उपस्थिति हुन्छ !पूजारी दाजुको सल्लाह अनुसार त्यसै दिन साँझ सन्ध्या आरती सुरु हुनु भन्दा करिब आधा घण्टा अगाडिनै दिलशान बहादुर थापा जसलाई आफन्तहरु साहिला भनेर प्रेमपूर्ण सम्बोधन गर्थे आफ्नो एक मात्र छोरा इन्सान बहादुरलाई लिएर मन्दिरको प्रांगणमा पुगे !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s