प्रतिनिधि कथा ……………………………………………………………………………….९

त्यस दिन देखि निसान घर जान छोड्यो !मन्दिरको छेउमा  मन्दिरको गुठीको सम्पतिको रूपमा रहेको  घरको तल्लो तलामा यौटा कोठामा बस्ने ,गुठिकै सम्पतिको रूपमा रहेका भाडा कुडा र ओढ्ने ओछ्याउने हरु पछी गुठि बाट स्वीकृत गर्ने गरी प्रयोग गर्ने ब्यबस्था पुजारीले त्यसै दिन देखि मिलाइदिए !

 

पछि गुठि बाट निर्णय भए अनुसार हुने गरी आफुलाई तत्काल यौटा सहयोगीको आबस्यकता परेकोले निजको खान पान, लुगा फाटा  रहने  बस्ने खर्चको लागि बार्षिक २० मुरी अन्न र मासिक १ हजार रुपैयाको ब्यबस्था गर्न उनले गुठीलाई सिफारिश गरेपछि २४ सै घण्टा मन्दिरको रक्षा गर्ने ,राती ८ घण्टा र दिउसो १ घन्टा बाहेक जुन सुकै समय दर्शनार्थीलाई मन्दिर परिसर खुला राख्ने ,मन्दिरको सुरक्षा गर्ने र सरसफाई गर्ने लगायत प्रत्येक दिन साँझ र  बिशेष चाडबाड़हरुमा  भजन किर्तन कार्यक्रम हरुको आयोजना गरी मूल पुजारीको निजी सहयोगीको रूपमा काम गर्ने गरी निसानको नियुक्ति भयो !

त्यस्तो यौटा जनशक्तिको आबश्यकता पहिले देखि महसूस गरिएको तर पद अनुकूल योग्य मान्छे नपाइएकोले हाल सम्म कसैलाई त्यस्तो नियुक्ति दिईएको  थिएन !निसानको पुरानो निस्वार्थ सेवा र मन्दिर र श्रद्धालु भक्त हरुप्रति उसको पुरानो ब्यबहार समेतलाई मध्यनज़र राख्दै  गुठीले पछि स्थायी रूपमा त्यो ब्यबस्थालाई स्वीकृत गर्यो !यसरी १६ बर्षको उमेर देखि नै निशान बहादुर थापा मगर को नाम पुजारीको बिशेष सहयोगीको रुपमा गुठि संस्थानको दर्ता किताबमा दर्ता भयो!

निसानको जीवनको त्यो महत्वपूर्ण घुम्ती बितेको त्यो दिन झैँ  ठिक  सात बर्ष पछी आजको दिन पनि शनिवारनै परेको रहेछ !
सधैझै त्यो दिन पनि मन्दिर  ,होटेल ,लज र केवलकार समेत खचाखच थिए !जस्तोसुकै भिड वा लाइन भए पनि समय मिलाएर दिउसो एक घण्टा मनकामना मन्दिरको ढोका बन्द हुन्छ !पुजारीको स्वल्पाहार र मध्यान्हको समय मिलाएर प्राय ढोका बन्द गर्ने गरिन्छ !मन्दिरको ढोकामा साचो आजकल निसानलेनै लागाउने गर्थ्यो !पुजारीजी  बासस्थान तर्फ लाग्नासाथै निसान पनि केहि हलुका खाना खाने उद्देश्यले आफुलाई तोकिएको स्थान तर्फ लाग्यो !

दिउसोको खाना मा अन्न नखाने र अत्यन्त हलुका खाना खाने उसको बानी थियो !एक ग्लास दुध र दुइ वटा सुन्तला खाएर उ  त्यहाँबाट बाहिर निस्केर मन्दिर तर्फ लाग्न आटेको मात्र के थियो उसलाई यौटा बिचार आयो -यति छिटै म मन्दिर फर्किए भने पुजारिजी आइ पुग्नु भएको हुदैन !दर्शन गर्न हतार भएका मानिसहरुले मलाई छिटो ढोका खोल्न दवाब दिन थाल्छन !त्यसैले एक छिन म केवलकार अवतरण स्थान तर्फ पुगेर आउंछु !त्यतिखेर सम्म पुजारिजी फर्किने समय पनि ठ्याक्क मिल्छ !मन्दिर परिसरको पछाडी हुदै उ केवल कार अवतरण गर्ने ढिस्को को मुनि सम्म पुग्यो !  कलेजका विद्यार्थी हरुले भरिएका  दुइ तिन वटा केबिनहरु आउदै यात्री हरुलाई उतार्दै फर्केर जादै थिए ! यस्ता दुइ वटा केबिनहरु फर्केर गए पछी जब तेस्रो केबिन अवतरण स्थलमा आएर रोकियो ,त्यसबाट पनि केहि छात्राहरु उत्रेर बाहिर आए !अन्तिममा रातो सारी लगाएकी यौटी छात्रा केबिनबाट भुइमा उत्रिन लाग्दा उसको पछिल्लो खुट्टाको जुत्ताको हील  एक्कासी उसको सारीको तल्लो भागमा अड्किन पुग्यो !जसले गर्दा उसको यौटा खुट्टा केबिन बाट बाहिर निस्की सकेको थियो भने पछाडिको खुट्टा केबिन भित्रै सारीमा अल्झिएकोले उ घोप्टो परेर भैमा पछारिन आटी!त्यसबाट बच्न उसले आफ्ना दुवै हातले भैमा टेक्न हात अगाडी के बढाएकी थिई जुत्ताको हील अड्केको सारी च्यातिएर पछाडिको खुट्टा पनि उछिट्टिएर बाहीर आयो !जसले गर्दा उसको सम्पूर्ण शरीरको सन्तुलन बिग्रन गयो र उ हावामा उड़े जस्तो गरेर केवल कार रोकिने ढिस्कोको दाहिने तीर रहेको गहीरो खाल्डो माथि बाट हावामा लहरिदै तलतिर झर्न लागि !भयले उसको मुखबाट एउटा चित्कार निस्कियो !यो सम्पूर्ण घटना त्यहि खाल्डो जस्तो ठाउ हुदै मास्तिर आउन लागेको निसान उभिएको करीब  दस   फिट जति पर आकाशमा हुदै थियो ! सम्पूर्ण घटनालाई शुरुदेखि  ध्यानपूर्वक हेरीरहेको निसान दौडिदै गएर आकाश बाट भुइमा पछारिन लागेकी युवतीको ठिक तल उभियो र आफ्ना दुवै हात अगाडी फैलायो !आकाशबाट भुइमा घोप्टो परेर पछारिन लागेकी युवतीको सम्पूर्ण बोझ उसका दुवै हातले थामे भने उसको टाउको र शरीरले उसको छातीको आड पाए !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s