ममीको आगमनपछी ममा बढेको आत्मबलले हो वा दुर्घटनाको प्रभावमा स्वाभाविक कमि आएर हो मलाइ टाउको दुख्ने रिंगटा लाग्ने र वाकवाकी हुने सबै लक्षणहरु बिस्तारै कम हुदै गएर एक्कासी हराए !जिउ फूल जस्तै हलुङ्गो भयो !नर्सलाई बोलाएर मैले यो कुरा भनें !उसले हेल्थ असिस्टेन्टलाई बोलाएर लिएर आइ !हेल्थ असिस्टेन्टले एक पटक मेरो नाडी, रक्तचाप ,आँखाको नानी र उसको घाँटीमा झुन्डिएको स्टेथेसकोपले मेरो पेट र छाती जाची सके पछी नर्सलाई भन्यो -सिस्टर वहाँलाई दुइ ग्लास जति ग्लुकोज पानी खान दिनुस ! पानी खाएको पन्ध्र मिनेट पछी सम्म बान्ता भएन भने मलाइ खबर गर्नुस !बान्ता भयो भने चाहिं तुरुन्त खबर गर्नुस !
नर्सले पानी खुवाएर गएको पन्ध्र त के बिस मिनेट पछी सम्म पनि मलाइ कुनै किसिमको बान्ता त के वाकवाकी पनि भएन ! बरु मलाई मेरो पेट खालि भएको थाहा भयो !त्यो कुरा अन्जलीले नर्सलाई जानकारी गराई !
एक छिन पछी नर्स र हेल्थ असिस्टेन्ट संगै आए !हेल्थ असिस्टेन्ट उ नजिकै आएर यौटा स्टूल तानेर त्यसमा बस्यो अनि म तिर हेर्दै भन्न थाल्यो – बधाई छ प्रिती जी !तपाई को मस्तिष्क थर्किएर परेको प्रभाव अब सकिए जस्तो छ !त्यसैले तपाईको यो इन्ट्रा भेनस लाइन अर्थात सलाइन म खोली दिन्छु ! त्यसपछि उ अन्जलीतिर फर्कियो ! अन्जलिजी तपाई प्रिति लाइ यहाँ सर्बप्रथम ल्याउने वहाकी कानूनी गार्जियन हुनुहुन्छ ! अन्तमा उसले ममी लाइ तिर हेर्दै भन्यो – यहाँ प्रीति कि ममी हुनुहुन्छ होइन ? तपाइँहरुलाइ पनि म र मेरो टिमको बधाई छ ! हेल्थ असिस्टेन्टले अगाडी भन्यो -मेडिकल नियम अनुसार जस्तो सुकै छिटो बिरामीलाई ठिक छु जस्तो लागे पनि २४ घण्टा सम्म बिरामी माथि यस्तो केसमा चिकित्सा संयन्त्रको निगरानी हुनु जरूरी हुन्छ !तर लक्षणमा परिवर्तन आएपछि भर्ना भएरै बसीरहनु जरुरी छैन र हस्पिटल नभएर हेल्थपोस्ट भएकोले हामी कहाँ राति भर्ना गरेर राख्ने सुबिधा पनि छैन ! तैपनि तपाइंको केस बिशेष किसिमको भएको र काठमाडौँ जानको लागि सुबिधा सम्पन्न एम्बुलेन्स तैयार नभई तपाइलाई घटनाको २४ घण्टा अगाडी हामीले पठाउन पनि नमिल्ने हुनाले आजको रात हामीले प्रिती र तपाईंहरु दुइजनालाई यहाँ हेल्थ पोस्टमा नै बिशेष ब्यबस्था गरेर राख्ने भएका छौं !तर यदि प्रीतिलाई आफु ठिक छु जस्तो लाग्छ भने वहाँ ममी र अन्जलीजीको संरक्षणमा आफुलाई स्वस्थ मान्छे भन्ठानेर घुम्न ,डुल्न र मन्दिर दर्शन गर्न जान सक्नुहुनेछ !
तर तपाइले भोली साढे बाह्र बजेसम्म हेल्थ पोस्टमा हामीले दिने भन्दा अरु कुनै कुरा खान हुदैन र अलिकति अस्वाभाविक लक्षण महसूस हुने बित्तिकै मेरो या सिस्टरको मोबाइल फोनमा तत्काल फोन गरेर हेल्थपोस्ट तर्फ आउनु पर्छ !खास गरी रिंगटा लाग्ने र वाकवाकी लाग्ने लक्षण देखिना साथ सम्पर्कमा आउनु होला र अहिले साँझ कतै जानु भयो भने साँझ ७ बजे अगाडी हेल्थ पोस्टमा फर्किसक्नु होला !त्यसपछि नर्सले प्रीति लाइ पिउन को लागि भनेर दिएको एक ग्लास दुध प्रीतीले एकै घुटकोमा पिएर सिध्याई !