प्रतिनिधि कथा ……………………………………………………………………………………………………..१४

ममीले अरु जे कुरा पछी गरे पनि हेल्थ पोस्टको डाक्टरले यति अनुमति दिई सकेपछी मनकामना को दर्शन मात्रै आज साँझ गर्ने प्रस्ताव राखे पछी मनका सबै तर्क बितर्क पर सारेर म पनि मन्दिर जान तैयार भएँ ! सामान्यतया म एक्लै भएको वा साथीहरुसंग भएको अवस्थामा मन्दिर वा देवस्थल हरुलाई टाढैबाट नमस्कार गर्ने गर्दछु !यसको लागि मलाइ साथीहरुले नास्तिक भनेर व्यंग गर्ने गर्छन !तर ममी संग हुदा म आफ्नो लागि भन्दा वहाको लागि मन्दिर जान्छु ,दर्शन गर्छु  र पूजा पाठ र ममीले सिफारिस गरेका ब्रतहरु पनि बस्ने गर्छु !ममी लाइ कुनै पनि किसिमले दुखि पार्नु मेरो लागि देउता दुखि हुनु भन्दा ठुलो कुरा हो !त्यसैले ममीको अगाडी म अत्यन्त श्रद्धालु भक्त जस्ती भएर दर्शनको लागि तैयार भएर गएकी थिएँ !यो कुरा मेरी संगिनी अन्जलीले पनि  राम्ररी बुझेकी थिई !

ममी, म  र अन्जली  दर्शनको लागि मनकामना मन्दिरको प्रांगणमा पुग्दा गोधुलीको समय भएको थियो ! शायद  केवलकारको आवागमनको समय समाप्त भैसकेको र  जाडो महिनाको चिसो सिरेटो चल्न थालिसकेको हुनाले मन्दिरमा त्यतिखेर हामी पुग्दा दर्शनको लागि हामी तिन जना  मात्रै  बाँकी रह्यौं !

सजिलै हामीहरु सिधै  मन्दिरको मूल  ढोका अगाडी दर्शनको लागि उभिन उभिन पुग्यौं  !मन्दिरको ढोकामा पुग्ने बित्तिकै ममीले पुजाको सामान मन्दिर  भित्र रहेका  पुजारी तर्फ बढाउन  लाग्दै हुनुहुन्थ्यो ,मेरो दाहिने पट्टि उभिएकी अन्जलीले आफ्नो देब्रे हातको कुहिनाले मलाइ पटक पटक हल्का धक्का दिएर केहि इशारा गरेको मलाइ आभास  भयो !मैले अनायास आफ्ना आँखा अन्जलीको अनुहार तिर लागें !उ प्रार्थनाको लागि आफ्ना दुवै हात आफ्नो अनुहारको अगाडी  जोडेर उभिएकी थिई तर उसका दुवै आँखा मन्दिर भित्र मलाइ केहि कुरा तर्फ बारम्बार इशारा गर्दै थिए !मैले सबै तिर हेरें ! मन्दिर भित्र उभिएका पुजारी र तलतीर निहुरेर भित्र रहेका प्रतिमाहरुमाथि थुप्रो लागेको पूजा सामग्रीको ढेर हटाएर सफाई गर्न जुटेको यौटा ठिटो बाहेक मन्दिर भित्र अरु केहि थिएन !न नै उनीहरुको वरिपरीको वातावरणमा त्यस्तो असाधारण कुनै कुरा थियो !धेरै इशारा गर्दा पनि  मैले केहि नबुझेको हुनाले होला अन्जलीले मैले सुन्न सक्ने स्वरमा सासले  बोल्दै भनी  -त्यहि केटा हो ,आज दिउसोको !

मैले अझै केहि बुझिन !अनायास म आफै आश्चर्य चकित हुने गरी मेरो मुखबाट यौटा प्रश्नवाचक  स्वर निस्कियो -कुन केटा ?के दिउँसोको ?
मेरो आफ्नै अपेक्षा भन्दा ठुलो भएर निस्केको त्यो स्वरले पुजारी लगायत सबको अनुहारमा बिस्मयको भाव ल्याएको मलाई एकैछिन पछी थाहा भयो !मन्दिर भित्रका प्रस्तर प्रतिमाहरुलाई सफा गर्न व्यस्त त्यो अर्को ठिटो पनि  झस्केर टाउको उठाउदै म तिर फर्कियो !मेरो अनुहारमा आँखा पर्ने बित्तिकै उसको अनुहारमा यौटा  परिचीत  व्यक्तिलाई देखे पछि पैदा हुने भाव देखा पर्यो !
त्यसपछि अलि छक्क पर्दै उसले सोध्यो  -तपाई  ठिक हुनु भयो अब ?
टल्किने कालो रोगनको अनुहारमा  त्यत्तिकै टल्किने सेता दात भएको त्यो अग्लो ख्याउटे युवक म  तिर फर्किएर मुसुक्क हासेर बिनम्र आवाजले सोध्दै थियो !अपरिचित त्यो अनौठो युवकको प्रश्नको उत्तर के दिने भनेर म सोच्दै थिएं अन्जली  अलि अगाडी आएर उछिन्दै भनि -प्रीति वहाँ नै हो दिउसो तलाई बचाउने !त्यसपछि उसले  एक हातले पुजाको सामान लिएर पूजारीलाई दिंदा दिदै छक्क परेर हाम्रो सम्बाद तर्फ ध्यान दिन बाध्य हुनुभएकी ममीतिर फर्केर भनी – आन्टी मैले दिउसो फोनमा बताए अनुसार प्रीतिलाई बचाउने वहाँनै हो !

अन्जलीले त्यसो भन्दै गर्दा त्यस युवकको  अनुहारमा बच्चाले लाज माने जस्तो भाव  पैदा हुदै थियो ! त्यसपछि उसले अन्जलीतिर फर्केर दृढ आवाजमा भन्यो  -सबै  शक्तिस्वरुपा  परमात्मा  भगवती मनकामनाको लीला हो !दैवी लीला कसले जान्न सक्छ ?हामी सबै निमित्त हौँ !मेरो के  क्षमता कसैको रक्षा गर्ने !जो संग पैदा गर्ने शक्ति छ रक्षा गर्ने र नास गर्ने शक्ति पनि उसै संग हुन्छ !

उसको कुरा ध्यान दिएर सुनिरहनु भएकी ममीले दुवै हात जोडेर त्यो युवकलाई प्रणाम गर्दै भाबुक भएर अबरुद्ध कण्ठले भन्नु भयो -हामी अकिन्चन अज्ञानी भक्तहरु परमात्माको स्वरूप आफ्ना आँखाले देख्न सक्दैनौं ! लीला त वहाँकै हो तर  हाम्रो लागि भगवतीको प्रतिनिधि त तपाईं नै हुनुभयो नि बाबु ! अनि पूजारी तर्फ फर्केर किन्चित विस्मयको भावले सोध्नुभो – वहाँ बाबु  को नि, हजुरको छोरा ?

पूजारीले प्रेमपूर्ण नज़रले त्यो अग्लो युवक तिर फर्केर मुसुक्क मुस्काएर भने  भने- परमात्मा भगवतीको छोरा !

उत्तरले हामी सबैलाई जिल्ल बनायो !ममीले फेरी पुजारी तर्फ हेर्दै अलि असजिलो मान्दै भन्नु भयो -मेरो त ठुलो सम्पतिको रक्षा भयो ! मन्दिर र वहांको लागि म बाट के उचित  सेवा हुन सक्छ ?

युवकले पूजारीलाई उछिन्दै तर उनको आज्ञा माँगेको भाव देखाउदै ममी तिर हेरेर भन्यो !सबै सम्पति परमात्माकै हो ! हामि सबैले वहाँकै सेवा गर्ने हो ! वहांको आज्ञा पालन गरे बापत केहि लेन देन गर्ने कुरा हाम्रो अधिकार भन्दा बाहिरको कुरा भए जस्तो लाग्दैन र आमा ?

ममी अकमक्क पर्नु भो !

अघि देखि यौटा हात ममीले चढाउन दिएको पुजा सामानतर्फ फैलाउदै बिचमा निस्केको प्रसंगबाट उत्पन्न किन्चित अलमलको बेला  मन्द मन्द मुस्कान साथ हेरी रहेका सबैको अनुहारमा पालै पालो आँखा डुलाउदै गरेका पुजारीले त्यो युवक तिर हेर्दै भने –  त्यसो भए  यिनै हुन ती नानी ?
युवकले सकारात्मक रुपमा टाउको हल्लायेपछी  पूजारीले म तिर टीठ लाग्दो हेराइ हेर्दै भने –
!सन्ध्या आरती पछि म नानीलाई हेर्न जाने बिचार गर्दै थिएं !

अनि तपाईं उनकि माता ?उनले ममी संग परिचय बढाउन खोजे ! तपाइँहरु बडो राम्रो समयमा आउनु भयो !दर्शन पानी राम्रो संग पाउनु भो !अब सन्ध्या आरतिमा पनि भाग लिएर जानुस !  पुजारीजीले फेरी उस्तै मुस्कानसाथ हामीतिर हेर्दै भने !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s