प्रतिनिधि कथा ……………………………………………………………………………………………….१६

हठात  मलाइ म वरिपरीको  वातावरण मबाट टाढा टाढा हुदै गएको जस्तो लाग्न थाल्यो !अघि देखिएका सयौं भक्तहरु पहिले एकै ठाउमा गुजुमुज्ज भए अनि बिस्तारै त्यो साझको पहिलो प्रहरको अध्यारोमा कतै हराए !हुदा हुदा म नेरी मसंगै टासिएर बसिरहनुभएकी ममी र अन्जली पनि कतै गायब भए !बिस्तारै मंचका बाद्य यन्त्रहरू समेत हराए !मदिर भित्र वृत्तमा घुमिरहेको आरतीको प्रकाश मात्र झन झन उज्ज्यालो हुदै गयो !त्यसलाई घुमाउने पुजारी हराए !संगीत र स्वरको संगमको बिचित्र रुप झन ब्यापक भयो र त्यसका एक एक ताल अलग अलग छुट्टिने गरी प्रष्ट हुदै  गए  !दृष्टीका ,कानका , जिब्रोका, छालाका अनि नाकका रसहरु जोडिदै गएर एकै हुदै गए !भजन गाउने र बाद्य यन्त्र बजाउने त्यो कृशकाय पुरुषको रुप कहिले कृष्णको कहिले रामको कहिले परशुरामको हुदै बामनको जस्तो सानो हुदै गयो !  उसका दुइवटा  तेजिला आँखाहरुको प्रकाश मात्र झन झन स्पष्ट हुदै आयो ! त्यो प्रकाशको शीतल सम्मोहन को बिचमा मैले नीलो वर्ण भएकी हातमा खुँडा बोकेकी रातो जिब्रो बाहिर निकालेकी ,बाक्लो केश राशिलाई कम्मर सम्म आउने गरेर छोडेकी , हातमा दानवको घाटीबाट रगत टप टप चुहुदै गरेको सिर लिएकी  र जमीनमा सुतेका शिवको  छातीमाथि क्रोधले टेकेर उन्मादित भएकी पोस्टर हरुमा देखिने साक्षात महाकालीको  स्वरूप देखें !त्यसको वरिपरी प्रकाश को अनन्त घेरा थियो !मेरो र त्यो स्वरुपको सतह यौटै थियो !न म माथि थिएँ न त्यो महाकालीको डरलाग्दो रुप ममाथि थियो ! यस्तो रौद्र रूपमा महाकालीलाई को दर्शन पाउने बित्तिकै म  दुवै हात शिरमाथि उचालेर चिच्याएँ -जयमाता महाकाली !जय अम्बे भवानी !जय माता मनकामना !

हठात मेरो र महाकालीको रूपको बिचको प्रकाशपूंज हरायो !अघि भजनमा बस्ने सबै भक्त हरु सबै आ आफ्ना ठाउँमा देखिए !ममी र अन्जली पनि कुन्नि  कहाँबाट प्रकट भए !सबै जना त्यो कृशकाय युवकले भट्याये पछी उ संग संगै भगवतीको जय जयकार गर्दै थिए !त्यस मध्ये यौटी म पनि थिएँ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s