मनको उडान -पुरुष र नारी

सक्रिय जीवनको कुनै पनि क्षणमा मानिस आफ्नो भाग्यमा अपत्यासित मोड आउने परिकल्पनाबाट मुक्त भएर रहन सक्दैन ! यस्तै अप्रत्यासित मोडको आसलेनै उसलाई नया नया प्रयोग गरिरहने शक्ति पनि दिन्छ ! नारीको तुलनामा पुरुष कम मेहनतबाट बढी प्रतिफल आउने काल्पनिक क्षणको प्रतिक्षामा सधै रहन्छ ! नारी आफुसंग जे छ ,त्यसैबाट सन्तुष्ट रहने र भएकै कुरा हरुलाई सजाएर सुन्दर रचना गर्न बढी अभ्यस्त हुन्छे !

आत्मसम्मान र आत्मविश्वासयुक्त सरलता , विनय र नम्रता प्रेमका परिचयात्मक विशेषता हुन् ! अराजक भए पनि प्रेमको आफ्नै विशिष्ट अनुसाशन हुन्छ !जब प्रेम यो अनुसाशन पनि तोडेर एकोहोरो र तर्करहित अन्ध समर्पणमा परिणत हुन्छ ,अनि त्यो प्रेम मात्र रहदैन ! भक्तिमा रूपान्तरण हुन्छ !

                          जसरी पानीको स्वच्छता शारिरीक स्वास्थ्यको लागि उपयोगी हुन्छ,मनको स्वच्छता मानसिक स्वास्थ्यको लागि त्यत्तिकै आबस्यक हुन्छ ! प्रेमको महत्वलाई कम आंक्नेहरुले मानव समाजमा संस्कृति र सभ्यता जस्ता ठुलठुला र वजनदार शब्दहरुको प्रयोग गर्नुअघि तिनीहरुको जग के ले बनेको हुन्छ भन्ने बारेमा एक पटक मात्र गम्भीर भएर सोच्ने हो भने यो कुरा आफैं स्पष्ट हुन्छ !
                    यौवन यौन र सम्भोग यौटै हुन् भन्ने भ्रम धेरैलाई छ ! तर त्यसो होइन !” यौन”मानिसको ब्यबहार र सोचलाई समेत प्रभावित गर्ने विशिष्ट स्वभाव हो !”यौवन” मानव जीवनको त्यस्तो समय हो जुनबेला यौनको प्रभाव प्रखर हुन्छ !”सम्भोग” मैथुनको उन्नत अवस्था हो ,जसमा पुरुष र स्त्रीका शारिरीक र भावनात्मक प्राथमिकताहरु केहि क्षणका लागि एकाकार हुन्छन र एक अर्काको सान्निध्यमा मौलाउछन् !
          जीवन यौटा यात्रा हो !सबैलाई थाहा छ यो यात्राको अन्त्य हुने तथ्य जति निश्चित छ,लक्ष र समय त्यत्तिकै अनिश्चित ! फेरी पनि जीवनलाई सीमा र बन्धन भित्र अटाउने बनाउन मानिस प्रयासरत छ !मानिसलाई आफैं संग डर छ !किनकि उसलाई थाहा छ !सृष्टिमा उ भन्दा डरलाग्दो र अनिश्चित बस्तु अर्को कुनै बनेको छैन !
                   आतुरता रोमान्सयुक्त छ भने त्यो राम्रो हो, त्यस्तै प्रतिरोध मा रोमान्स छ भने त्यो पनि राम्रो हो !न न भन्ने नारीलेनै एउटा बिन्दुमा पुगेर हँ भन्छे , त्यो निश्चित छ !नारी सुलभ लज्जाले पनि एकैपटक हँ भन्न दिदैन! त्यो लज्जा बोध पनि नारी स्वभावको एउटा गहना हो !अनि आग्रह सहीत प्रणय
प्रस्ताव राख्ने पुरुषको सदासयताको पनि कदर गर्ने पर्छ !त्यो संरक्षण को पहिलो आश्वासन हो !

                   यौवन यौन र सम्भोग यौटै हुन् भन्ने भ्रम धेरैलाई छ ! तर त्यसो होइन !” यौन”मानिसको ब्यबहार र सोचलाई समेत प्रभावित गर्ने विशिष्ट स्वभाव हो !”यौवन” मानव जीवनको त्यस्तो समय हो जुनबेला यौनको प्रभाव प्रखर हुन्छ !”सम्भोग” मैथुनको उन्नत अवस्था हो ,जसमा पुरुष र स्त्रीका शारिरीक र भावनात्मक प्राथमिकताहरु केहि क्षणका लागि एकाकार हुन्छन र एक अर्काको सान्निध्यमा मौलाउछन् !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s