भौतिक रूपमा स्त्री आर्गेज्मलाई खासगरी तीन रूपमा बाँडिएको पाइन्छ- क्लाइटोरल आर्गेज्म, वेजाइनल आर्गेज्म र ब्लेन्डेड आर्गेज्म । केही विशेषज्ञ भने जी-स्पटको उद्दिपनलाई पनि आर्गेज्मका लागि महत्त्वपूर्ण मान्छन् । सम्बन्धका बखत जब क्लाइटोरिस वा भगनास उत्तेजित हुन्छ तब क्लाइटोरल आर्गेज्म प्राप्त हुन्छ । यदि योनीको घर्षणबाट आर्गेज्म प्राप्त हुन्छ भने त्यसलाई वेजाइनल आर्गेज्म भनिन्छ । आर्गेज्ममा यी दुवै तत्त्वको उपस्थिति छ भने त्यसलाई ब्लेन्डेड आर्गेज्म भनिन्छ । चरम सुखमा पुगेर पनि स्त्रीको योनीमा कुनै प्रकारको संकुचन महसुस नहुन सक्छ, यो अवस्थाको अनुभूति भने मस्तिष्कमा हुन्छ । केही महिला भने आफ्नो पार्टनरलाई प्रसन्न देख्न आर्गेज्मको अनुभूति भएको मिथ्या प्रदर्शन पनि गर्छन् । आर्गेज्ममा औषधीले पनि प्रभाव पार्छ । हृदयरोग र उच्च रक्तचापबाट ग्रस्त महिलाहरू आर्गेज्मको अनुभव गर्न सक्दैनन् । सुखद आर्गेज्म अनुभव गर्न फिमेल वियाग्राजस्ता औषधी बजारमा उपलब्ध छन् तर विशेषज्ञहरू यसलाई सुरक्षित भने मान्दैनन् । यसैगरी चाइनिज जडीबुटी र जिनसेंग आदि युक्त हर्बल औषधी पनि प्रयोग गर्नु हुँदैन, किनभने महिलामा तिनको परीक्षण गरिएको पाइँदैन ।
चरम सुख अर्थात अर्गेज्म शारिरीक भन्दा बढी यौटा मानसिक अवस्था हो भन्ने कुरामा प्राचिन कालका यौन मनोबैज्ञानिकहरु बढी बिश्वास गर्थे भन्ने कुरा त्यसबेलाका यौन सम्बन्धि श्रुती र कथाबात स्पष्ट हुन्छ ! भौतिकबाद झन् झन् हाबी हुदै गरेको वर्तमान यूगमा चरम आनन्दका भौतिक परिभाषा र माध्यमहरुको खोज र चर्चा बढी हुन थालेको छ ! जुन एकदमै अनाबस्यक र निराधार भने अवश्य होइन बरु मनोबैज्ञानिक विचारका पूरक हुन ! तर भौतिक पक्ष साधन हो भने मनोबैज्ञानिक पक्ष साध्य हो भन्ने कुरा यथार्थ हो कारण मानव चेतना वस्तु होइन वास्तविकता हो !
सम्भोगमा चरम सुखको अनुभव तन र मन एकाकार भएको अथवा योग भएको अवस्थामा मात्र हुन सक्छ ! अलिकति पनि मानसिक दवाव,तनाव वा शारिरीक कमजोरीको अवस्थामा यथार्थ चरम सुख प्राप्ति सम्भव छैन ! यस्तो मानसिक र शारिरीक अवस्था बिना कसैले चरम सुख [orgasm ] प्राप्त गरेको दावी गर्छ भने उसलाई चरम सुख के हो थाहा छैन भन्ने बुझ्नु पर्छ ! भनिन्छ आदि मानव ध्यान वा योग बाट पूर्ण आनन्द र स्वास्थ्य प्राप्त हुन्छ भन्ने कुराको पहिलो संकेत चरम सुख को प्राप्ति बाट नै पाएको हो !
समाजको संकुचित मूल्य मान्यताको कारण महिलाहरुले दाम्पत्य जीवन भित्रै पनि यौन प्रक्रियामा खुलेर सहभागिता देखाउन गार्हो पर्ने स्थिति आउन सक्छ ! यस्तो अवस्थाले र महिलाहरुको आधारभूत स्वभावजन्य कारणले पनि महिलाको यौन चाहनाले चरम आनन्दको स्थितिमा पुग्न पुरुषको भन्दा केहि बढिनै समय लिन सक्छ ! यस्तो कुरा नबुझेको मान्छेलाई आफ्नो यौन साथि वा श्रीमान, श्रीमती संगको समझदारीमा नकारात्मक सोच विकास हुनसक्छ ! यौन कलाको बारेमा ज्ञान भएको पुरुषले भने यस्तो अवस्थामा आफु स्खलित भएपनि स्त्रीलाई बिभिन्न यौन क्रिडाको माध्यमबाट पूर्ण आनन्द प्राप्ति सम्म लगेर स्त्रीको मन जित्न सक्छ ! अर्को तिर पुरुष स्खलित भए पछिको अवस्थालाई स्त्रीले बुझेर आपसी सल्लाहबाट शिघ्रस्खलन भए त्यसको ब्यबस्थापन र स्वाभाविक स्खलन भए त्यसलाई पुरुषको अरुसंग सम्पर्क भएको वा उ कम्जोर भएको नठानी आपसी समझदारीतर्फ अघि बढ्नु बुद्धिमानी हुन्छ