हस्तमैथुन -आबस्यकता कि विवशता

यौन मनोविज्ञहरूका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ। हस्तमैथुनका बेला हुने यौनिक श्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ। कतिपय महिलामा महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन्।
हस्त मैथुन गरेकै कारणले कुनै मान्छे दुब्लाउदैन ! कति हस्त मैथुन गर्ने भन्ने कुरा मान्छेको यौन चाहना भएको बेला बिपरित लिंगी यौन साथीको अभावको परिस्थितिले निर्धारण गर्नुपर्छ ! हस्तमैथुन गर्ने र फेरी गल्ति गरें भनेर चिन्ता गर्ने मान्छे बरु त्यो चिन्ताले दुब्लाउन सक्छ ! तर हस्तमैथुनको पक्षमा जतिसुकै बढी वकालत गर्ने हामी आधुनिक समयका यौन चिकित्सकहरुले पनि दुइवटा कुरा मान्नै पर्ने हुन्छ ! यौटा हस्त मैथुनलआइ आवस्यकता भन्दा बढी लतको रुपमा प्रयोग गर्ने र अर्को यसलाई बिपरित लिंगीसंग हुने प्राकृतिक सम्भोगको स्थायी विकल्पको रुपमा बढावा दिएर अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुदैन !
झट्ट हेर्दा अत्यधिक चर्चाको कारणले गर्दा हस्त मैथुन पुरुषहरुको मात्र पेवा यौन ब्यबहार जस्तो देखिन्छ ! तर हस्त मैथुन गर्ने महिलाहरुको संख्या भने कम छैन ! महिलाहरुको आफ्ना कुराहरुलाई गोप्य राख्न सक्ने क्षमतालाई साधुबाद दिनै पर्ने कारण यहि कुराबाट पनि स्पष्ट हुन्छ ! हस्त मैथुनको लागि बन्ने सेक्स टोय मध्ये अधिकांश महिलाको लागि उपयुक्त छन् र तिनको बजार पनि ठुलो छ !तर आफ्ना प्राकृतिक अंग हात र दिमागको कल्पना शक्ति [ फ्यान्टासी] लाइ त्यसो भन्दैमा कम आँक्न मिल्दैन ! कारण कृत्रिम सेक्स टोय को प्रयोग शुरु हुनु अघि मानिसले प्रयोग गर्ने गरेका आदि सेक्स टोय तिनै हुन् ! तिनको प्रयोगमा पनि पुरुष भन्दा नारीहरु पछी छैनन् ! केवल एक अर्काबिचमा हुने कुराकानीबाट सिकेर गर्ने कुरामा पुरुषहरु नारीभन्दा अगाडी हुन्छन कारण नारीहरु आफुले अस्वाभाविक ठानेका यौन ब्यबहारहरु अत्यन्त आवश्यक स्थिति र विश्वासी मित्र बाहेक अरुलाई शेयर गर्दैनन् ! यसै कारणले पनि यौनेच्छा ब्यबस्थित गर्ने क्रममा हस्तमैथुनको प्रक्रिया नजानेर हिस्टेरियाको शिकार हुनेमा किशोरी र युवति अनि बाल बिधुवाहरुको मात्रा अत्यधिक छ ! यथार्थमा आफ्नै यौन बिस्फोटनलाइ ब्यबस्थित गर्न तुलनात्मक रूपमा हानिरहित साधनको रूपमा पुरुष र महिलामा हस्तमैथुनको आबश्यकता र महत्व बराबरी छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s