मानिसले पारिवारिक जीवन यापन गरेर घरजम गर्न थालेदेखिनै यौन सम्पर्कले सहवासको रुप धारण गरेको हो ! सामान्य यौन सम्पर्क र सहवासमा शाव्दिक मात्र होइन तात्विक फरक पनि छ ! यौन सम्पर्क यौटा पशुवत कर्म हो ! सबै पशुमा अर्को पुस्ता पैदा गर्न यौन सम्पर्क राख्ने क्षमता बिकसित हुनु सृष्टिको आबस्यकता हो ! त्यस्तो यौन सम्पर्कको प्रक्रिया भने पशुको जात र बिकाशको क्रम अनुसार फरक हुन्छ ! सहवास सृष्टिको सर्वश्रेष्ठ पशु मानिसको अर्को पुस्ता जन्माउने जरुरत पुरा गर्ने माध्यम मात्र नभएर स्त्री र पुरुष सह-अस्तित्वमा बसेर एक आर्काका गुणहरुको समन्वयको माध्यमबाट रसपूर्ण पारिवारिक जीवन व्यतित गर्न ऊर्जा दिने प्रक्रिया हो ! त्यसैले सहवासमा स्त्री पुरुष दुवै पक्षका आबस्यकता र सहजताको उच्चतम कदर हुनै पर्छ !यौन स्वस्थताका लागि यौनकै विषयमा कुरा र यौन मनोविज्ञानका सीपका सम्बन्धमा कुरा गर्नु पनि उत्तिकै आवश्यक हुन्छ। यौन सबैको अनिवार्य आवश्यकता हो। यौन सम्बन्ध र सम्बन्ध राख्दा अपनाइने विधिहरू हरेक जोडीमा फरक हुन सक्छन्। हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ। स्वस्थ यौनसम्बन्ध भन्नाले दुवै जोडीले यौन क्रियाकलापको अवस्थामा आनन्द महसुस गरेको हुनुपर्छ। कुनै एक जनाले आफूलाई यौन क्रियाकलाप गर्न दबाब दिएको महसुस गर्नु हुँदैन। दुई जनामध्ये एक जनाले आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिँदै त्यस्तो भावनाको सम्मान गर्नुपर्छ। यौनसम्पर्कपछि एक-अर्काप्रति सम्मान हुनुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन। यौन इच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एक-अर्कासँग कुरा गर्नुपर्छ। त्यसबाहेक हरेक यौनसम्पर्क हुनुभन्दा अघि एक-अर्काको शरीर र भावना बुझ्नुपर्छ। यो नै स्वस्थ यौनसम्बन्ध हो
पुरुषका आँखा हरुले जीवनको उत्तरार्धमा पनि नारित्वको सुन्दरता आँकलन गर्ने शक्ति गुमाएको हुदैन अनि नारीका बृद्ध कानहरुलेपनि आफ्नो नारी गुणको प्रसंसाको सुन्ने प्यास गुमाएका हुदैनन!
मानिसमा यौन विचलन देखिनुका दुई तीनवटा कारण हुन्छन्। यदि केटाकेटी उमेरमा यौन सम्बन्ध राखिरहेको देखेको छ भने उसले त्यो विषयमा आफ्नै किसिमको धारणा बनाएको हुन्छ। पटक-पटक त्यही कुरा अर्थात् यौनसम्र्पकको दृश्य मस्तिष्कमा आउँदा ऊ त्यसको खोजीमा तल्लिन रहन्छ अनि किशोर अवस्था हुदै युवा उमेरमा आइपुग्दा उसले धेरै अगाडी मस्तिष्कमा सेट गरेको त्यही यौन व्यवहारको टेष्ट खोज्न फरक किसिमको शैली अपनाउँछ। स्मरणमा रहेको त्यो यौन व्यवहारमा उनीहरू सन्तुष्ट रहेजस्तै आफू पनि सन्तुष्ट रहने चाहनाले उसले फरक-फरक व्यक्तिसँग सम्बन्ध राख्छ। बाल्यावस्थामै यो समस्यामा रहेको व्यक्तिले नैतिकताको ख्याल गर्दैन।
यौन मनोविज्ञानको अध्ययनको क्षेत्र बृहत र बिस्तारित छ ! यसले मानविय सम्बन्धको विकासमा यौनका सकारात्मक प्रभावहरुको मात्रै अध्ययन गर्दैन ! यसले यौनका कारणबाट मानविय सम्बन्धको विकास र सम्बर्धनमा पर्नसक्ने नकारात्मक प्रभावहरुको पनि अध्ययन गर्दछ ! यौन विचलन भन्ने शब्दले त्यस्ता अस्वाभाविक यौन मनस्थिति र भौतिक क्रियाकलापहरु तर्फ इंगित गर्दछ पारस्परिक मानविय सम्बन्धहरुको बिकाश र संरक्षणमा प्रतिकूल प्रभाव पार्दछ !
यस्ता सबै यौन मनस्थितिको र ती मनस्थितिले उत्पन्न गर्न सक्ने भौतिक क्रियाकलापहरुको अध्ययन गर्न यौन मनोबैज्ञानिकहरुले बिभिन्न साधनहरु प्रयोग गर्ने गर्छन !
यौन समस्याहरुको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन ब्यबहारमा देखिने बिचलन सबैभन्दा चुनौतिपूर्ण बिषयमध्ये यौटा हो ! कहाँसम्म यौन ब्यबहारमा नया प्रयोग मान्ने र कहाँदेखि त्यस्तो व्यवहारलाई बिचलन मान्ने भन्ने कुराको सीमा तोक्ने काम अत्यन्त अप्ठ्यारो हुन्छ ! यथार्थमा यस्तो सिमाना कोर्दा मानिसको यौन ब्यबहारको प्रकृति भन्दा त्यो ब्यबहार गर्दाको उसको मानसिक अवस्थाको अध्ययन बढी महत्वपूर्ण हुन्छ ! सरल शब्दमा यस्तो कर्मको रुप भन्दा त्यसको नियत हेर्नु बढी जरूरी हुन्छ !