प्रतिनिधि कथा …………२

त्यस दिन निरंजनको मुड सारा दिन अफ भयो ! एक्लै गएर खानपिन गर्न जस्तोसुकै नजिकको साथीकहाँ पनि उसलाई अप्ठ्यारो लाग्थ्यो ! तर आज उसलाई साथि कहाँ गएर रक्सि धोक्न सजिलो लाग्यो ! घर फर्कन गार्हो ! उ अबेर राति घर फर्कियो ! ढोका नजिकै पुगेर अँध्यारोमा छाम छाम छुम छुम गरे पछी बल्ल उसले कल बेलको स्विच भेट्टायो !स्विच थिचेर केहि बेर पर्खेपछी ढोका खुल्यो ! ढोकामा नैना उभिएकी थिई ! उसलाई देख्नासाथ नैनाको अनुहारमा लेखिएको भय मिश्रित आश्चर्य स्पष्ट पढ्न सकिन्थ्यो !अलि पछाडी हटेर आफ्नो दाहिने हातले आफ्नै मुख छोप्दै नैनाले आफ्नै तरिकाले भनि -आम्मै साब के भो हजुरलाई !आज खाना पनि नखाइकन कहाँ सबारी भा को ? म त डरले निन्द्रा पनि नलागेर हजुरलाई पर्खी बसेकी !कहिले ढोकामा घन्टी बज्छ भनेर ! खाना पस्किउं साब !

म खान्न आज ! मलाइ भोक लागेको छैन ! निरन्जनले झर्केर बोल्यो !

किन साब के भो ? हजुरलाई सन्चो छैन कि के हो ? साहेब्नीले हजुरलाई नखाई कहिल्यै सुत्न नदिनु ,सन्चो नभा जस्तो लागे राम्रो संग हेरचाह गर्नु मर्जी भा छ ! निरंजनले तिखा आँखाले  नैनालाई घुरेर हेर्यो ! त्यसपछि केहि नबोली आफ्नो कोठामा गएर लुगा फेरेर खाटमा पल्टियो !

ओछ्यानमा पल्टेको धेरैबेरसम्म उसलाई निन्द्रा लागेन ! मनमा कुरामात्र खेलिरह्यो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s