प्रौढ अवस्थाका जटिलताहरु ………………………………….१

पुरुष र स्त्री बिच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरु मुलत: तिन कारणबाट आउँछन ! मानसिक, शारिरीक,अनि मनोशारिरीक ! प्रौढ अवस्था यस्तो उमेर हो जसमा तिनवटै कारणले यौन जटिलता आउन सक्छन ! पुरुष भन्दा महिनावारी बन्द हुने बेलाको आसपासको महिलाहरुको यो उमेर बढी सम्बेदनशील हुन्छ ! इस्ट्रोजेन हर्मोनमा एक्कासी आउने कमीले यो उमेरमा बिभिन्न मानसिक र शारिरीक परिवर्तनहरु ल्याउँछ ! मानसिक परिवर्तनमा मानसिक डिप्रेसनका लक्षण देखिन सक्छन भने शारिरीक परिवर्तनमा महिनावारी छिटो ढिलो हुने ,कम बेसी हुने जस्ता गडबडीहरु हुन्छन ! यसबाहेक योनिमा यौन चाहना भएको बेला निस्कने चिप्लो खालको योनी श्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुन सक्छ ! जसले गर्दा सम्भोगको बेला हुने लिंग र योनी बिचको सहज घर्षण सम्भव हुन छोड्छ र यौन सम्पर्कको बेला महिला लाइ अप्ठ्यारो हुने मात्र होइन पीडा पनि हुन सक्छ ! यस्तो अप्ठ्यारो वा पीडाले योनी लाइ सम्भोगको बेला सजिलो पार्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँघुरो बनाउन सक्छ ! साँघुरो र सुक्खा भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा वा अप्ठ्यारोको डरले यौन चाहनानै घटेर जान्छ !आर्को तिर मानसिक डिप्रेसन समेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन आफ्नो पुरुष साथि वा श्रीमानले माया चाहिं गरोस तर सम्भोग नगरोस भन्ने मानसिकताको विकास हुन्छ !

यस्तो बेलामा श्रीमान वा पुरुष यौन साथीको भूमिका यस अवस्थाको ब्यबस्थापनमा अत्यन्त महत्वपूर्ण हुन्छ !कतिपय पुरुषहरु योनिबाट चिप्लो योनी श्राव ननिस्किदा यौन संपर्कको बेला हुने आनन्दमा आउने कमीको लागि स्त्रीलाई जिम्मेवार ठान्दछन र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छोडेर हेलचेक्र्याई गरेको वा अन्य कसैसंग यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतरनाक भ्रमसम्म पाल्न पुग्छन ! जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको विजारोपण हुन सक्छ ! अर्को तिर यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेका समझदार पुरुषहरुले स्त्रीलाई पनि यसको कारण बुझाएर आफु यसबाट विचलित नभएको बरु यो अवस्थाको सामना जीवनका प्रत्येक सुख दुख जस्तै अहिले पनि संगै गर्न तैयार रहेको आश्वासनका साथ् अरुबेला भन्दा झन् सहजरूपमा धैर्यसहित प्रस्तुत हुन्छन !

योनी सुक्खा भएको अवस्थाको लागि शरीरलाई हानि नगर्ने बिशेष किसिमका जेलीहरु बजारमा बिक्रि वितरणमा आइरहेको अहिले पाइन्छ ! तिनीहरुको विश्वसनीयता ,बनाउने र मार्केटिंग गर्ने कम्पनीको भरपर्दो नाम र कम्पोजिसनबाट उपभोक्ता स्वयमले निर्धारण गर्नु पर्ने हुन्छ ! मान्छेको थुक प्राकृतिक र सबभन्दा भरपर्दो यस्तो लुब्रिकेंट अर्थात चिप्लो पदार्थ हो !

योनी द्वारमाथि रहेको केराउको दाना जस्तो भगनास भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने ,लामो प्राक क्रिडा गर्ने ,र योनी भित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भएपनि केहि प्राकृतिक चिप्लोपन पैदा गर्ने ,स्त्री संग प्रेमपूर्ण वार्तालाप खासगरी विगतका मधुर स्मृतिका प्रसंगहरु छेड्ने र कहिलेकाँही स्पष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्राकक्रिडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संबेदनसिल अंगमा आपसी सल्लाहले हस्तमैथुन द्वारा भएपनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको ब्यबस्थापन गरी आफ्नो अप्ठ्यारोलाई पुरुषले बुझेको महसूसगर्दा स्त्रीमा आफ्नो साथिप्रति कृतज्ञताको भाव बढ्छ र यौन जीवन पनि सुखद रहिरहन्छ !

उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका नारीहरुको मानसिक अवस्था अर्कै हुन्छ ! उनीहरु आफ्नो यौन इच्छा र यौन ब्यबहारमा आएको यो हठात परिवर्तनबाट किमकर्तव्यविमुढ मात्र होइन कुण्ठा एबम ग्लानीबाट ग्रस्त हुन पुग्छन ! झन् आफ्नो पुरुष साथीमा यौनइच्छा र उत्तेजना अपेक्षाकृत रूपमा यथावत पाँउदा उनीहरु आफ्नो घर आफ्नो हातबाट फुस्किने हो कि भन्ने पीरबाट ग्रस्त हुन पुग्छन ! किनकि नारीको सबैभन्दा प्रिय चिज उसको घर हो ! अनि नारीलाई राम्रोसंग थाहा हुन्छ यौन इच्छाको भोक शान्त पार्न नपाएको पुरुषबाट कुनैपनि बेला यस्तो काम हुन सक्छ ,जसबाट घरको मर्यादा  र  गरीमा भंग होस !यस्तो त्रासबाट त्रस्त नारीले कुनै यस्तो नसोचेको कदम चाल्न सक्छे जसले उसका अन्य सबै उपलब्धिलाई क्षत विक्षत पारेर भए पनि उसको घरको मर्यादा कायम राख्छ भन्ने उसलाई विश्वास होस ! चाहे त्यो तत्कालिन विश्वास उसको जतिसुकै ठुलो भ्रम किन नहोस !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s