घर फर्किने बेला हुदै गएपछि शकुन्तलालाई दुइ विपरीत किसिमका अनुभूतीले गांजिदै गएको महसूस हुन थाल्यो ! यौटा खुसीको -छ महिनाको अन्तराल पछि आफ्नो प्राण प्रिय प्रियतमको स्पर्श र प्रत्यक्ष निकटता पाउने आसले जन्माएको ! अर्को दुखको -आफनै हातमा जन्मिएर हुर्किएको कलिलो नातिले आमा बाबा भन्ने र ताते गर्ने बेलामा छोडेर जानु पर्ने त्रासले जन्माएको ! सबै संगै बस्न पाए कति रमाइलो हुन्थ्यो ,झ्यालबाट बाहिर हेर्दै उसले सोची !सबै कुरा आफुले चाहे जस्तो मात्र कहाँ हुन्छ र ? सात समुद्र तरेर भएर आइकन यत्रो कर्तव्य पुरा गरेर जान पाउनु पनि मेरो भाग्य हो उसले मनलाई चित्त बुझाइ !
आठ दस दिन कहिले छोरा संग त कहिले बुहारीसँग सपिङ्गका लागि मलहरु चाहारे पछि प्रस्थानको दिन पनि आयो ! अठार डिसेम्बरको चिसो साँझ नेपाल फर्किन लास एञ्जेल्स बाट सिकागो ,सिकागोबाट फ्र्यांकफर्ट ,फ्र्यांकफर्टबाट दिल्ली अनि दिल्लीबाट काठमान्डू बिहान १० बजे पुग्नेगरीको लामो यात्रा छिचोल्न लास एन्जेलसको बिशाल एयरपोर्टको चार नम्बर टर्मिनलमा सामान तौल गरेर बुझाइवरि बोर्डिंग कार्ड लिएपछि उसको मन ढक्क फुलेजस्तो भयो ! छोरा ,बुहारी र नाती तिर हर्दा हेर्दै उसका दुवै आँखाबाट बर्सातजस्तै आँसुका अविरल धारा बग्न लागे ! बुहारी त्यो हेर्न नसकेर अर्कोतिर फर्किने कोसिस मात्र के गर्दै थिई ,उसले पनि मन थाम्न सकिन !डाको छोडेरै रुन पुगी !आमाको रुवाइले बच्चा तर्सिएको अबोध बच्चा पनि रुन थाल्यो ! यस्तो बिचित्रको अवस्थामा आफ्नो मनलाई दरो बनाएर बसेको छोरा विवेकले आमालाई पछाडिबाट अँगालो मारेर सम्झाउन थाल्यो ! ममी हजुर आफैंले यस्तो कमजोरी देखाए पछि हामी कसरी मन थामेर बस्ने ! अर्को साल दसैमा बाबु अलि ठुलो भएपछी हामी नेपाल आउछौ ! त्यसपछि बुवा र हजुर पनि संगै आइबक्सेला ! बेला बेलामा स्काइपमा कुरा गरौला ! हामीलाई खुसि मनले आशिर्वाद दिएर गैबक्स्योस ! उता बुवालाई मैले सबै हजुरको यात्राको सबै टाइम टेबल लेखाइ सकेको छु ! बाटोमा हजुरलाई कुनै कुरा झुक्किए जस्तो लाग्यो भने यो ह्यान्ड ब्यागमा राखेको कालो डायरी झिकेर देखाई बक्सेला ! यहाँ सबै कुरा प्रष्ट लेखेर राखी दिएको छु मैले !यो पढे पछि जसले पनि हजुरलाई सहयोग गर्छ ! अरु धेरै कुरा अनि ट्रान्जिटमा अपनाउनु पर्ने साबधानीको बारेमा त हजुरलाई आउने बेला पनि धेरै अनुभव भैसकेकै छ !अँ बरु घर पुग्ने बित्तिकै फोन गर्न नबिर्सी बक्सेला ! हामी यहाँ प्रतीक्षा गरीरहेका हुन्छौं !
बोल्दा बोल्दै दरो मन गरेर बसेको छोराको स्वरमा पनि कम्पन आउन थालेको आमाले चाल पाई ! अनि आमाले बिस्तारै आफ्नो मन दरो पारी -ठिक छ बाबु ,म जसरी पनि घर पुग्छु ! त्यसमा तिमीहरुले चिन्ता नलिनु ! घर पुग्ने बित्तिकै फोन पनि गरौंला ! सानो बाबुको खान पिनको टाइम टेबल मैले कागजमा लेखेर फ्रिजको ढोका अगाडी टाँसी दिएको छु ! आफ्नो र सानो बाबु दुबैको स्वास्थ्यको राम्रो ख्याल राख्नु बुहारी ! अरु त मैले तिमीलाई के सम्झाउनु पर्छ र ? अनि विवेक, टाइम अनुसार खान पिन गर्नु बाबु तैले पनि अल्छी गरेर खान पानमा हेल चेक्र्याई नगर्नु ! आफ्नो स्वर फेरी काप्न थालेको आफैंलाई महसूस भएपछी उसले आफ्नो ह्यान्ड ब्याग उठाई अनि कतै नहेरी फटाफट सेक्युरिटी चेक तर्फ लागी !
सिकागो सम्मको डोमेस्टिक फ्लाइट भरि उसको मन एक तमासको भैरह्यो ! बेला बेलामा साढे पांच महिनाको दुधे नातीलाई सम्झेर आँखा रसाइरहे !यसै गरी टुक्रा टुक्रा भएर बाँडिने नारीको नियतिको बारेमा शायद आमाले अन्भाउने बेलामा भन्नु भाको होला ! कहिले छोरा छोरी ,कहिले पति ,कहिले ! हुदा हुदा अस्ति सम्म अस्तित्व नभएको यै नाति पनि नजानिँदो पाराले मेरो समग्र व्यक्तित्वको अभिन्न अंग भैसकेछ !सम्झेर उ आफैं आस्चर्यचकित भै !
सिकागोमा अमेरिकन एअर्लाइन्स्को जहाज अवतरण गरेर अन्तररास्ट्रीय उडानका लागि टर्मिनल ४ को लुफ्थान्सा बिमान सेवाको काउनटर्मा पुगेपछि काउन्टरमा हसिलो अनुहार पारेर बसेकी यौटी युवतीले उसलाई जर्मनी र अंग्रेजी भाषामा केहि बताई ! जर्मनीको त उसले ज पनि बुझिन !अंग्रेजीमा बोलेको पनि एक आध शब्द बुझे पनि भावार्थ पटक्कै बुझिन ! त्यसपछि उसले आफ्नो ह्यान्ड ब्याग बाट छोराले उसको व्यक्तिगत र यात्राको प्रयोजन र गन्तव्यको बेलिबिस्तार लेखेर दिएको डायरी अगाडी बढाई ! डायरी राम्ररी पढे पछि त्यो युवती मुसुक्क हास्दै काउन्टर पछाडिको ढोकाबाट भित्र छिरी अनि यौटा कालो कालो तर सुगठित शरीर भएको युवकलाई संगै लिएर फर्किई ! युवकले काउन्टरमा आइपुगेपछि उसलाई हेर्दै दुवै हात जोडेर भन्यो -नमस्कार आप हिन्दि समझ्ती हैं ?
क्यों ? थोडा थोडा समझ्ती हुँ !
अच्छा तो सुनिए ! त्यो युवकले त्यसपछि भरेको क्यासेट खोले जस्तो गरेर करिब सात मिनेट सम्म उसलाई अगाडिको कागजमा कलमले लेखेर नक्शा बनाउदै केहि कुरा बुझायो !उसले त्यो युवकको कुरा स्पष्ट रूपमा बुझी जुन यस प्रकार थियो !;” हिजो देखि जर्मनीको फ्र्यांकफर्ट शहर र लगभग सम्पूर्ण उत्तरी योरोपमैं असाधारण रुपमा हिउँ परीरहेको कारणले त्यसतर्फ जाने सम्पूर्ण उडानहरु रोकिएका छन !यो अवस्था कहिलेसम्म रहन्छ थाहा छैन !त्यसैले लुफ्थान्सा बिमान सेवाले योरोप्मा ट्रान्जिट भएर त्यस अगाडी जाने अलपत्र परेका यात्रुहरुको लागि आज साँझ देखि बिशेष कन्टिनेन्टल ऐरवेज़ र एयर इन्डियाको सहयोगमा आफ्ना यात्रुहरुलाई फ्रान्क्फर्ट जानु नपर्ने गरी सिधै दोहा र दिल्ली लग्ने ब्यबस्था मिलाएको छ !तपाईं दिल्ली हुदै दिल्लीबाट इन्डियन एयर्लाइन्स बाट काठमान्डू जाने यात्रु भएकोले तपाईं संग दुइ वटा उपाय छन ! यौटा त मौसम न खुलुन्जेल पर्खिएर आफ्नै पहिलेको आफ्नै रुट अनुसार जाने अर्को अहिले दुइ घण्टा पछि जाने एयर इन्डियाको उडानबाट सिधै दिल्ली जाने र त्यहाँबाट या त भोलि अपरान्हको इन्डियन एयर्लाइन्सको फ्लाइटबाट पहिले तोकिए भन्दा एक दिन अगाडी साँझ नै काठमाडौँ पुग्ने !” यति कुरा बुझे पछि उसलाई कता कता लुफ्थान्सा जस्तो नाम चलेको बिमान सेवा बाट यात्रा गर्ने रहर भएता पनि छिटो घर पनि पुगिने र यता न उता भएर अनिश्चितकाल सम्म सिकागो एयरपोर्टमा अलपत्र पर्नुभन्दा बरु एयर इन्डिया बाटै जाने निस्चय गरेर भनि -मेरा समान नि !
आपका सामान आप जिस फ्लाइटसे जाइएगा उसिमे डाल दिया जाएगा ! टाइम कम है !आप अगर एयर इन्डियासे जाइएगा तो जल्दी अपना ब्यागेज ट्याग मुझे दिजिए ! टाइम कम है ! अनायास उसले आफ्नो ई टिकेट , बोर्डिंग कार्ड र ब्यागेज ट्याग काउन्टर तिर बढाई !
अनौठो संयोगबस काठमाडौँ पुग्न पंहिले तोकिएको भन्दा एक दिन अघिनै अपरान्ह पांच बजे शकुन्तला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा पुगी ! उसलाई निरंजन्लाई फोन गरेर एयरपोर्ट बोलाउन मन लाग्यो ! ब्यागमा राखेको आफ्नो नेपालमा चलाउने गरेको मोबाइल चलाउन खोज्दा ब्याट्री चार्ज नभएको संकेत पाएर उसलाई हिड्ने बेलामा मोबाइल चार्ज नगरेकोमा आफैं देखि आफैंलाई रिस पनि उठ्यो ! यत्तिकैमा इम्मिग्रेसन क्लियर गर्ने पालो आएकोले उ त्यता पट्टि लागि ! त्यसपछि फेरी ल्याण्ड लाइन वा कसैको मोबाइल माँगेर त्यसबाट निरन्जनलाइ आफु आइपुगेको खबर गरी लिन आउन भन्ने बिचार आयो ! त्यो बिचारले उसलाई मिठास भरिएको यौटा मिठो काउकुती लागे जस्तो अनुभव भयो !पुरै ६ महिना पछि निरन्जन संग फेरी प्रत्यक्ष भेट ! सोच मात्रैले पनि उसको मन पुलकित भयो ! यो माया भन्ने कुरो पनि अनौठो छ ! अस्ति उता छुट्टिनु पर्दा उतै संसार छुट्न लाग्याजस्तो भा थ्यो !आज यता आइपुगेपछि मिलनको कल्पनाले उताको कुरो पुरानो भै सक्यो !समय को खेल अनौठो हुन्छ ! सोच्दा सोचदै
सामान लिएर कस्टम नेरी पुगी सकिछ उ ! निरन्जनलाइ फोन गर्नु पर्ने -फेरी उसलाई झ्वाट्ट याद आयो !
यतिखेर बिचरा साथीभाईकहाँबाट भर्खर घर फर्कदै होला ! समान यहाँ सम्म ल्याइहाले ! ट्रलीमा बाहिरसम्म लाने त हो नि ! त्यसपछि ट्याक्सी लिएर घर जाने ! उसलाई पनि थाहा होस् न उसकी श्रीमती अमेरिका गएर कति स्मार्ट भएर फर्किछ भन्ने ! कस्तो मिठो सर्प्राइज ! आफ्नो सहि समयमा सहि निर्णय गर्ने क्षमतामा मख्ख परेर उ एक्लै मुसुक्क हांसी !
सबै पुरानो कुरा फेरी नौलो झैं लाग्यो उसलाई !यहाँ सम्मकी जाडोको काठमान्डूको साँझ पनि ! अनि एअरपोर्टको झलमल्ल उज्यालो पछि सडकको बाक्लो र अनियन्त्रित ट्राफिक पछि घर पुग्ने गल्लीमा फाल्गुनको पहिलो हप्ताको लोडसेडिङ्गले अध्यारो बनाएको अध्यारो वातावरण समेत आज उसलाई रमाइलो प्रतित भैरहेथ्यो ! यो चंचल मन …….उसले सोची -यहि हो रमाइलो र नरमाइलो छुट्याउने !इन्द्रिय कहाँ हुँ र !
घर अगाडी पुगेर उ ट्याक्सीबाट उत्रिई ! सामान उतारेर भैमा राखी ! पर्स खोलेर पैसा तिरी ! अनि घरको मुलढोकामाको छेउमा रहेको कल बेल थिची ! दुइ तिन चोटी निकैबेर थिच्दा पनि ढोका खुलेन ! छक्क परेर निकैबेर सिरेटो झेल्दै उभिएपछि झल्यास्स सम्झी ! बत्ति भए पो कल्बेल बज्नु ! स्मार्ट भैखाकी लाटी ! आफैंलाई गालि गर्दै उ घरको पछाडी पट्टि रहेको भान्सा तिर लागी ! भान्साको झ्याल खुलै थियो ! तर इन्भर्टर जोडेको भान्साको बत्ति भने बलेको थिएन ! बरु भान्साको पछाडी रहेको नैनाको कोठामा भने इन्भर्टरको मन्द प्रकाश सहित सी एफ एल बल्ब बलेको थियो ! शकुन्तलाले कम्जोर हुदै गरेका आफ्ना दुवै आँखा झ्याल्मैं टाँसेर भित्र नियाल्ने कोशिश गरी !
शकुन्तलालाई एक्कासी आफ्ना आन्द्रा सोहोरिएर मुख तिर आए जस्तो लाग्यो ! रिंगटा लागे जस्तो भएर चक्कर लाग्न थाल्यो !मुखबाट गज्गजी फिँज काड्दै उ भुइमा लडी ! उसको आँखा अगाडी गहिरो अध्यारो व्याप्त भयो !
भित्र कोठामा अर्ध नग्न अवस्थामा रहेकी नैनाले त्यस्तै अवस्थामा आफु माथि झुकेर आफ्नो शरीर संग खेल्न ब्याकुल निरन्जनलाइ हलुकासंग पर ठेल्दै लादिएर भनी -छि यो साहेब त कति छिल्लिन जानेको ? भोली साहेब्नी फर्किएपछि यस्तो देखे के भन्ने होला ?
साहेब्नीले के भन्ने नी ? उसैले तिमीलाई मेरा सबै आबस्यकता पूरा गर्नु भनेर अराएको होइन ? निरन्जन झन् निर्लज्ज भएर छिल्लियो !