हाम्रा पाँचवटा ज्ञानेन्द्रीयहरुको सहायताबाट हामीले वरिपरिको वातावरणलाइ अनुभूत गरिरहेका हुन्छौं ! आँखाले दृश्य ,कानले श्रवण ,नाकले घ्राण अर्थात गन्ध ,छालाले स्पर्श र जिब्रोले स्वादका भौतिक संवेगहरुलाई वातावरणबाट मस्तिष्कको यथोचित केन्द्रहरुसम्म पुर्याएर तिनीहरुलाई महसूस गराउन मद्दत गर्दछन !तिनीहरु आफैंले ई सम्बेगहरुलाई महसूस गरिरहे जस्तो हामीलाई लागे पनि यथार्थमा ई भौतिक संवेग हरुको अर्थ लागाउने वा ईनीहरुलाइ बुझ्ने मस्तिष्क हो! मस्तिष्क एकै तलमा दुइ किसिमले काम गर्न सक्षम हुन्छ !यौटा प्रखर मस्तिष्क जसले इन्द्रियका प्रत्येक गतिबिधिको सिधा निगरानी गरीरहेको हुन्छ ! अर्को सुक्ष्म मस्तिष्क जसले निन्द्रा र बेहोसी जस्ता अवस्थामा पनि इन्द्रियको प्रत्यक्ष सहारा बिना पनि मस्तिष्कलाई निश्चित हदसम्म जागरुक राख्दछ ! हाम्रो मानव मस्तिष्कमा परेको कोरा छाया वा अनुभूतीलाइ आफ्नो मनस्थिति अनुकूल भए नभएको छुट्याउने अर्थात मानसिक बिस्लेषण गर्ने अझ उच्च वा भित्रि केन्द्र हो -मन ! मन चंचल हुन्छ ! त्यसैले यसको स्थिति सधैं एकनासको हुदैन !अनुकूल र प्रतिकूल अवस्थामा बेग्ला बेग्लै रुप धारण गरेर मनले मानिसलाई प्रकृतिको उच्चतम र निकृष्ट दुवै प्राणीको दर्जा पाउन योग्य बनाएको हुन्छ !कहिले मन इश्वरीय रुप धारण गरेर सिंहासनमा बस्छ त कहिले त्यही मन पशुवत भएर पाशविक चरित्र प्रदर्शन गरीरहेको हुन्छ ! प्रकृतिको श्रेष्ठ प्राणी भनेर मानिसलाई दिईएको विशेषण उसमा सधैं श्रेष्ठ ब्यबहार मात्र गर्ने बिशेषता भएर होइन ; सामान्य पशु देखि उच्चतम पशुमा हुने सबै मानसिक रुप धारण गर्न सक्ने क्षमता भएर हो ! यी बिभिन्न स्वरूपमा रुपान्तरण गराउन महत्वपूर्ण भूमिका खेल्ने र मानिसको मनलाई पनि नियन्त्रण गर्ने मानिसको विवेक/बुद्धि मानिसलाई श्रेष्ठतम प्राणीको दर्जा दिलाउने अतिरिक्त बिशेषता हो जो अरु प्राणीमा या त हुदै हुदैन या मानिसको जस्तो उच्चतम क्षमता सहित हुदैन !
जसरी वर्णमालाका अलग अलग अक्षरहरु चिन्न र पढ्न नजानी शब्द पढ्न र त्यसको अर्थ लगाउन सकिन्न त्यसरीनै मानिसको चेतनाका ई भिन्न भिन्न स्तरलाई अलग अलग रूपमा अध्ययन नगरी मानिसलाई चिन्न सकिदैन ! त्यसरीनै पशुहरुमा विद्यमान यौटा अर्को विशिष्ट गुण जो मानिसमा अत्यन्त बिकसित रूपमा रहेको हुन्छ ,त्यसको अध्ययन पनि संग संगै नगरी न अन्य पशुको चेतनाको अध्याय पूर्ण हुन्छ न नै मानिसको ! त्यो गुण हो अभ्यास या एकाग्रताको माध्यमबाट चेतनाका ई बिभिन्न तल वा स्तरलाई काम गर्न लाग्ने समय लाइ छोट्याउदै लगेर यौटै स्तर वा तलमा सन्निहित गर्न सक्ने क्षमता ! यसलाई यौटा छोटो उदाहरणबाट स्पष्ट पार्न सकिन्छ ! यौटा मान्छेलाई पहिलोपटक चिनजान गर्दा उसको स्वरुप बुझ्न र उसका व्यक्तिगत विवरण हरुसंग परिचित हुन धेरै समय लाग्छ तर त्यो व्यक्तिसंग पटक पटक भेटघाट र सम्पर्क हुदै गयो अथवा लगातार उससंग उठ बस गर्ने बानि पर्यो भने यौटा समय यस्तो आउँछ जब उसलाई सयौं हजारौं मान्छेको भिडमा पनि सजिलै र तत्कालै छुट्याउने क्षमता हाम्रो चेतन प्रणालीले बिकास गरीसकेको हुन्छ ! त्यति खेर आँखाले देख्ने, मस्तिष्कले उसका गुणहरु पहिचान गर्ने, मनले उसको बारेमा आफ्नो धारणा बनाउने र विवेक/बुद्धिले उसको तात्कालिक सन्दर्भको पहिचान गर्ने काम एकैपटक गर्नसक्छ !