यसैकारण चेतनाको संवेग ग्रहणको बाटो प्रत्येक परिस्थितिमा यौटै भएपनि अनुभूतिको तिब्रता र तल भने फरक फरक हुन सक्छ ! कहिले काहीं मस्तिष्कले इन्द्रियको समेत काम गरेजस्तो लाग्न सक्छ भने कहिले मन मस्तिष्क र इन्द्रिय दुबैलाई फड्को मारेर प्रत्यक्ष रूपमा वातावारणको सम्पर्कमा पुगे जस्तो हुन सक्छ !
यो भन्दा विशिष्ट अवस्थामा बुद्धि मन ,मस्तिष्क र इन्द्रिय सबैको काम आफैं गर्दै चेतना ग्रहण गर्न अग्रसर भएको प्रतित हुन्छ !
यो अवस्था बाहेक यौटा यस्तो बिशेष अवस्थाको पनि अध्यात्मबादिहरु व्याख्या गर्दछन जसमा चेतनाको अस्तित्व सबै परिस्थितिमा एक समान हुन्छ ! दुख,सुख,माया ,घृणा ,लोभ मोह सबैको अनुभूती एक समान भएर स्थितप्रज्ञ हुने यो अवस्थालाई आत्माको नाम दिईएको छ जो न कहिले मर्छ न कहिले जन्मन्छ !जसलाई न कसैले नास गर्न सक्छ न कसैले सृष्टी ! यो बुद्धि भन्दा पर/माथि छ र यसको रुप सनातन छ !त्यसैले भगवदगीतामा यसको गुण अर्जुनलाई बुझाउदै कृष्ण भन्दछन –
नैनं छिन्द्रन्ति शस्त्राणी,नैनं दहती पावक !
न चैनम क्लेदयनत्यापो न शोशयति मारुत !(भगवद गीता ………….)
अर्थात न यसलाई हतियारले भेद गर्न सक्छ ,न आगोले जलाउँछ ! न पानीले भिजाउँछ,न हावाले सुकाउछ !
माथि उल्लिखित कुनै न कुनै तलको चेतना बिना भौतिक जीवन अकल्पनीय छ !शरीरलाई चलाउने ,हिडाउने ,यहाँतक कि शरीरको अस्तित्व रक्षा गर्ने सृष्टीको रोमान्स पूर्ण तत्व पनि चेतना जसलाई प्राण भनिन्छ त्यहि हो ! जुन समय देखि चेतनाले बिभिन्न तल तलमा आफ्नो अस्तित्व प्रदर्शन गर्दछ त्यस समय देखि प्राण पनि अस्तित्वमा आउछ र जहिले चेतनाका सबै तलहरुको अस्तित्व समाप्त हुन्छ प्राणले शरीर त्याग गर्दछ ! प्राणले शरीर त्याग गरेपछि शरीरको अस्तित्व पनि कुनै न कुनै तरिकाले नास हुनु अबस्यम्भावी हुन्छ !
चेतनाको कारणले ,त्यसको प्रत्युत्तरमा गरिने गतिविधिलेनै जीवनको आभास दिन्छ ! त्यसैले झट्ट हेर्दा शरीरले आफ्ना सबै गतिबिधि आफैं निर्धारण गरेजस्तो देखिए पनि त्यो चेतना हो जसले शरीरको गतिबिधि निर्धारण गर्दछ ! पुच्छरले कुकुर हल्लाउदैन ,कुकुरले पुच्छर हल्लाउछ भन्ने उखान जस्तै शरीरले चेतनाको तल निर्धारण गर्दैन ,चेतनाले शरीरको गतिबिधि निर्धारण गर्दछ !