प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि त्यसको सुन्दरता र स्थायित्व त्यसलाई चलाउने व्यक्तिहरुको नियत र ब्यबहारमा निर्भर गर्दछ ! लोकतन्त्रमा हारलाई शालीनता पूर्वक ग्रहण गर्ने र जीतलाई नम्रता पूर्वक अङ्गीकार गर्न सक्ने इमान्दार नेतृत्वको आबस्यक्ता हुन्छ !
स्कटल्यान्डका जनताहरुले भर्खरैसम्पन्न जनमत संग्रहमा जस्तो मत दिए त्यसलाई कुनै पक्षको हार र जीत भन्दा त्यहाँउठेको मुद्दाको सार्थकता र त्यसको सहि ब्यबस्थापन भएको कुरा अझ स्पष्ट भएको रूपमा बुझ्नु उचित हो जस्तो मलाइ लाग्दछ ! यति झिनो मतले परिणाम निर्धारित हुन सक्ने सम्भावना भएका कुराहरुलाई जनमत संग्रहमा लानुनै उचित हो ! तर जनमत संग्रहको परिणामलाइ कसरि ब्यबस्थापन गरिन्छ भन्ने कुरो झन् महत्वपूर्ण छ ! बेलायति प्रधानमन्त्री डेविड क्यामरूनको यो परिणाम प्रतिको बिजयी भन्दा बिनम्र प्रतिक्रिया र स्कटिस पृथकतावादीहरुको हारको मनस्थिति भन्दा शालीन स्वीकृतिले त्यहाको प्रजातान्त्रिक इतिहास र अभ्यासको परम्पराको सुन्दरतामा चार चाँद त लगाएकै छ आगामी लामो समय सम्मको लागि यो मुद्दा यहीं विसर्जित हुने सम्भावनालाई पनि उजागर गरेको छ !
यसभन्दा पहिले कि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका अजेंडाहरुको ग्ल्यामर खतम होस् र यिनको वकालत गर्नेहरुकै लागि यी गर्हुङ्गा साबित हुन थालुन यिनलाई संस्थागत गर्नु जरूरी छ ! यिनलाई संस्थागत गर्न जति ढिलो हुदै जान्छ २०६२/६३ देखि अहिलेसम्मको समय उपलब्धिबिहिन हुने खतरा बढ्दै जान्छ र देशले आफ्नो यात्रा फेरि त्यसबेलाको समयमै फर्केर नया दिशा तर्फ मोड्नुपर्ने सम्भावना प्रबल हुदै जान्छ !