“संघियता”

संयुक्त राज्य अमेरिकामा संघियता नहुदो हो त आज कोलोराडो नदीको पानीले नेभादा र क्यालिफोर्नियाको असि प्रतिशत बिद्युत आपूर्ति गरीरहेको नहुन सक्थ्यो ! मरुभूमि जस्तो नेभादा राज्यमा लास भेगास जस्तो मानव निर्मित अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको स्थापनाबाट त्यहाका नागरिकको रोजीरोटीको ब्यबस्था र संयुक्त राज्य अमेरिकाको राजस्वमा त्यति ठुलो योगदान नपुग्न सक्थ्यो ! कोलोराडो नदि कोलोराडो राज्य लगायत जहाँ जहाँ बाट बग्यो तिनै राज्य हरु यो मेरो सम्पति हो भनेर एक अर्का संग झगडा गरेर अहिले सम्म पनि बसीरहेका हुन सक्थे ! अरिजोना राज्यमा हुवर ड्याम शायद अहिले सम्म पनि बनी सकेको हुदैनथ्यो अनि क्यालिफोर्नियाको उब्जाउ फाँट अहिले पनि पानीको कमीले बिना खेति बाँझो रहन सक्थ्यो !
अर्कोतिर   संघियाताकै कारणले सोभियत संघ आज विश्वको नक्शाबाट हरायो ! एक्लै पनि आर्थिक सम्वृद्धिको लागि आबश्यक पर्ने प्राकृतिक साधन श्रोत ,भूगोल र जनशक्ति भएको रुसले विश्वको भौतिक उन्नतिको विशिष्ट समयमा नराम्रो बिघटनको मनोबैज्ञानिक पीडा सहनु पर्यो ! शिखर बाट खसेर फेरी आफ्नो शक्ति र बिकास नीतिको पुनर्गठन गर्नुपर्यो !

मुख्य कुरो नियत को हो ! अनि इमान्दारीको हो ! संघियता साध्य होइन ,साधन हो ! त्यसको प्रयोग र त्यसलाई अबलम्बन गर्न चाहनुको पछाडी त्यो देशको मौलिकतालाई कति ध्यान दिईएको छ ? संघिय इकाई बीच पनि फेरी विभेद रहिरहन्छ कि त्यसपछि राजनीतिज्ञ देखि सर्बसाधारण सम्मले आफु माथि न्याय भएको महसूस गर्ने बातावरण र आफ्नो स्वाभिमान सुरक्षित रहेको महसूस गर्ने वातावरण बन्छ ? संघियताको पछाडी फेरी बिबादको अर्को मसला थप्ने अथवा राजनीतिज्ञहरुको आफ्नो राजनैतिक दुनोमात्र सोझो पार्ने अभिष्ट छ भने यो खतरनाक साबित हुन सक्छ ! सबैलाई बराबर न्याय दिने ,सबै राष्ट्रियतालाई राष्ट्रिय मुलधारमा समेटेर संघिय राष्ट्रियता अझ बलियो र स्वाभाविक पार्ने, संघिय इकाइका आ आफ्ना बिकाश निर्माण र प्रशासनिक कार्यमा त्यहिको जनतालाई राजनैतिक अधिकार बिनियोजन गर्ने र संघिय अग्रगतिको लागि यसका इकाइहरु अनि तिनका श्रोत र सामर्थ्यलाई एक अर्काका पुरक बनाएर लैजान संघियतामा जाने हो भने त्यो बरदान हुन सक्छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s