अस्ताउन लागेको सूर्यले बरण्डाको भित्तामा बनाएको घाम र छायाको मिश्रित प्रतिबिम्बतिर हेर्दै उ सम्झदै थिई उसको जीवनमा प्रतीकको आगमन पहिलेको त्यो खालीपन ,त्यो सन्नाटा ! ऊफ संझदामात्र पनि कहाली लागेर आउछ !त्यसअघि उ आफैभित्रको त्यो शून्यता कहिलेकाहीं उ आफैंलाई डरलाग्दो प्रतीत हुन्थ्यो ! जीवनको लक्ष र उद्देश्यनै परिभाषित नभएको त्यस समयमा उसलाई कहिलेकाहीं आफु बाँची रहनुको तात्पर्यनै हराए जस्तो महसूस हुन्थ्यो !जीवन देखि अनि जीवनका जटिलताहरुदेखि डराएर भाग्ने कमजोर मुटु उसको थिएन ! तर पनि बाच्नको लागि मात्र बाची रहनुको अर्थ नभएको सोचसंग पनि आफ्नो मनले साक्षात्कार गरिरहेको उसलाई यदाकदा आभाश हुन्थ्यो !
आमाका बुढा तर ममतापूर्ण आँखाहरुमा आफूप्रति सहानुभूतिका सङ्केत देख्दा उसलाई सन्तोष होइन लज्जाबोध हुन्थ्यो ! सत्तरी बर्षकी आमालाई आफूले सहारा र संरक्षणको अनिभूति दिलाउनुको सट्टा वहाँलाई आफैंप्रति बढी चिन्तित पाउनु उसको लागि पीडादायक कुरा थियो !