उसले जीवनमा कहिल्यै जीत हारको अभिष्ट लिएर कुनै काम गरिन ! आफ्नो अन्तरात्माले,विवेकले सहि ठहराएको कुनैपनि काम परिणामको चिन्ता बिना गर्दा प्राप्त हुने आनन्दनै उसको जीवनप्रतिको मोहको एक मात्र आधार थियो ! त्यसो त उ भोगको रहर र इच्छा बिनाकि जोगिनी पनि थिईन ! तर कर्म र भाग्यले तोके भन्दा बढीको लागि लुछाचुडी गर्ने जागर उसले आफुभित्र कहिल्यै जाग्रीत भएको पाइन ! अर्को अर्थमा जीवन उसको परिभाषामा एउटा युद्धस्थल थिएन कर्मस्थल थियो ! प्रतीकको उसकोजीवनमा आगमन पछि जीवनको यो परिभाषामा मानौं एक्कासी परिवर्तन आयो ! प्रतीकले उसको लागि बाच्नुको नया आधार लिएर आयो ! प्रतीकको आगमन पछि उसले आफ्नो सोचमा ठुलो परिवर्तनको अनुभूति गरि !प्रतीकको लागि भाग्यसंग पनि लड्ने अनौठो जागर आफूभित्र अङ्कुरित हुनथालेको उसले महसूस गर्न थाली ! बाच्नु अब उसको कर्ममात्र रहेन ! आबश्यक परेमा कसैको लागि परमात्मा संग पनि लड्नुपर्ने धर्म पनि हुनपुग्यो ! त्यो कसैको लागि भन्ने वाक्यांशले त्यसपछाडी लुकेको उसको आफनैस्वार्थ्यको सुसुप्त रुपलाई छोपेर लुकाएको उसले पत्तै पाइन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s