kahile abasar,kahile chaahanaa

कहिलेकाहीं अवसर कहिलेकाहीं चाहना !
मिलनको लागि कहिले गर्नु पर्छ बहाना !
लाग्छ प्यास आकासमा घाम चर्को हुँदा !
मलाइ आँखा तर्ने अनि हाँस्ने अर्को हुँदा !

मन मन्दिरको ढोका खोली जाग्छु रातै भरी !
उज्यालोमा खोज्छु मनको धोको पुग्ने गरी !
लाग्छ आस घाम छाया आउने जाने गर्दा !
झर्को मान्ने मेरोअघि,लजाउने अरु सामु पर्दा !

सपनीको झझल्कोले बिहान राम्रो लाग्छ !
कल्पनाको मिठासले संसार हाम्रो लाग्छ !
तिरस्कारले दुख्छ मुटु मनमा साँझ पर्दा !
परेलीको डिलबाट थोपा बनी झर्दा !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s