timra aankhaa,mero madhushaalaa

कहिले भनें नशा जीवनको तिम्रै आँखामा मात्र छ भनेर,
मधुशालामा मदिराको भाउ घटिसक्यो भनेर ?
कहिले भनें घाउ मुटुको सुकाउन सक्छ तिम्रा नयनका बाणले मात्र बेगले ,
कलेजीका जल्दा घाउहरूलाई सोध्नुपर्छ कति गहिरो नशा दिन्छ प्रति पेगले !

शीतल तिम्रा झील जस्ता आँखाहरु मात्र छन् भन्ने तिमीलाई छ भ्रम भने,
भट्टी र बारमा मेरा क्षणहरु किन भुल्छन दुखि जीवनको आगो निभाउन !
केवल आफ्नो आँचलको छायाले मदहोश बनाएको तिमीलाई छ भ्रम भने,
माझ शहरमा बेहोश प्रहरमा किन लड्छु म मेरै मनको राँको भिजाउन !

तिम्रो काख केवल काफी हुँदो हो मेरो भिष्म शैया सरल बनाउन ,
किन पस्थें होला बीच रात्रीमा म भट्टीहरुमा मेरा ओठ तरल बनाउन !
कोठा भित्रको नरम तकिया काफी हुदो हो मनशान्तिको आभाष दिलाउन,
सहारा किन खोज्थें गीति नाट्यको म च्यातिएको मनको घाउ सिलाउन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s