तेस्रो प्रहरमा मनको शहरमा उत्सव मनाउने रहर भो !
पूरै साँझ अँधेरो रातै अनिँदो, उदास बिहानी प्रहर भो !
किन प्रियतम तिमीसंग मेरो अघिल्लै बिहानी भेट भएन ?
सोध्छन सबैले उत्सवको लागि तेस्रो प्रहरअलि लेट भएन ?
बिधि अनिश्चित बिधान अनिश्चित बनाउछ कसले थाहै थिएन !
मेरो जीवनमा सुवास लिएर तिमि फूल्नआउनेआभाष थिएन !
किन प्रियतम कार्यक्रम हाम्रो अघिल्लै जनममा सेट भएन ?
भन्छन सबैले विधिको बिधान भए यो घट्न अलि लेट भएन ?
गल्ति प्रहरको गल्ति विधिको या गल्ति मनको एक्किन छैन !
मनको मिलनलेअरुलाई दुखाए त्यसको कुनै प्रायस्चित छैन !
किन प्रियतम अर्को जनममा भेट्ने कुरा अझै निश्चित भएन ?
राख्छन सबैले यो प्रश्न फेरि अहिल्यै बिचार्नु उचित हुदैन ?