मायाको नजरले मलाइ नहेर,
मेरो मुटु तिम्रो हेराइले झस्किन्छ !
कुनै दिन तिरस्कार कुनै दिन फेरी प्यार,
दिनको सूर्य रातमा चन्द्र भै टल्किन्छ !
सुखभोगको प्यास मेटाउन बारम्बार,
सिपालु छौ बोक्न प्रेमको अहंकार !
कहिले धम्काउछौ कहिले तडपाउछौ,
घाम छाया जस्तो अनौठो ब्यबहार !
किन दिन्छु भन्छौ लिन के चाहन्छौ,
बाँडेर यो मनको बेदना सहन्छौ ?
पीडा यो छातीमा कति अट्न सक्छ,
गहिराइ दिलको नापे पो त बुझ्थ्यौ !