नशालु दुइआँखा ठूला झुक्दाअझ प्यारा,
बाक्ला काला परेली ती सपना बोक्ने सारा !
गाजलुको शोभा राम्रो निधारमा टीका,
अनारदाना दन्त पंक्ति हास्दा खुल्ने निका !
कालो कपाल लामो चुल्ठो लर्काएर हिड्दा,
खोपिल्टा ती गाला माझ मुस्काई ओठ टोक्दा !
जिब्रो तानी लजाएको मुहार रातो पारी,
तर्सिएर मृग जस्तै भागिन फड्को मारी !
कति सुन्दर कति रम्य स्वप्न कति राम्रो,
कहिले भेट्ने कहिले जीवन शुरु हुने हाम्रो!
दिलमा तिम्रो तस्बिर कुदियेझै भा छ,
नबिर्सिने सुन्दरीको थर ठेगान काँ छ ?