दुधकोशीको पानी मिठो सुनकोशी राम्रो ! पानी पिएर….
लैजाउ माया दिल मेरो दिलै दिएर !
सयपत्री फूलमा राम्रो चाड तिहार राम्रो ! टिका ढल्काइ………
खेलौं माया देउसी भैलो कम्मर मर्काइ !
मैना चरी जंगलमा गाउँमा ढुकुर बस्छ !
माहूरीले फूललाई चुम्छ मह भित्र रस छ !
कोइलीको कुहु कुहु साउनको रात !
माया टिपी दिलमा राख्छु देउ मलाइ हात ! हात समाई …….
साटौं माया मनका कुरा धक फुकाई !
झरनाको झर झर आवाज सुसाउछ खोला !
मायालुले मनको ब्यथा कहिले बुझने होला !
रोशी खोला माछा पर्ने पश्चिम बग्ने रावा
सुन जस्तो धानको बाला चल्यो मन्द हावा ! लर्क्यो मंसिरमा……
माया भन्दा ठूलो छैन केहि संसारमा !