Kahile gungunaauchhu, kahile muskuraauchhu…………..

कहिले गुनगुनाउछु कहिले मुस्कुराउछु खुसीका प्रहरमा आफुमैं हराउछु !
मनभरी रंगिन सपना खेलाउछु आफ्नो गीत आफ्नै संगीतमा बजाउछु !
भाव भित्र आफ्नो म आफैं रमाउछु स्वैर कल्पनालाई कुचीले रंगाउछु !
जीवनका रमाइला पललाई संगाल्छु आफ्नै समयको धागोमा सजाउछु !

जब रात पर्छ आफै दीप जलाउछु जब घात हुन्छ आफै सुम्सुम्याउछु !
हृदयका घाउ मआफैं सिलाउछु पीडा सब जीवनका मनभित्र थन्काउछु !
विरहको आंधी जब चल्न थाल्छ आसुले म आफ्नै नयन पखाल्छु !
बेदनाका क्षणमा चेतनालाई छोपी आफ्नै छाती भित्र आर्तनाद लुकाउछु !

प्रणयको प्यास बोकेर को हिड्छ एक्लोपनको आभाष भुल्न को चाहन्न ?
कसको मनमा आफ्नो सुख दुख साट्ने साथीको चाहना लुकेको हुदैन ?
रंग यो जीवनको साट्न चाहन्थें म प्रियबाट कुनै सहारा पाइन !
संग प्रियतमको भोग्न चाहन्थें म उनीबाट कहिल्यै इशारा पाइन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s