Rup Pokhinchh Baatobharee……………….

रुप पोखिन्छ बाटो भरी हिडछ्यौ जब तिमी मुस्कान छरी !
छरिन्छ सपना कति सुनौलो हास्दा तिमी कहीं वरिपरी !
बढ्छ मुटुको कम्प अझै हिउदे बिहानीको पहिलो प्रहरमा !
अर्जुन बाण चल्न थाल्छ झ्यालबाट तिम्रा तिखा नजरमा !

राप छरिन्छ स्वासको नजिक हुदा तिम्रो संयोगले !
संगीत भरिन्छ वातावरणमा तिम्रो स्वरको तरंगले !
महक यौवनको गम्किन्छ तिम्रो यात्राको नक्सा भरी !
मुस्कान तिम्रो चम्किन्छ शरद बसन्तको चन्द्र सरी !

श्रस्टा हास्दछ मक्ख परी आफ्नै सृष्टीको छाती भरी !
इश्वर नाच्दछ खुसि भई आफ्नै रचनाको कम्मर भरी !
नितम्बको गहिराइमा प्रकृति मुस्काउछ बारम्बार !
हावा बहन्छ सुस्तरी लिएर पाउजुको मिठो झंकार !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s