मन झुम्न खोज्छ कसरी तिमीसंग खुल्न खोज्दा !
चेतन मातिन्छ जसरी जडलाई भुल्न खोज्दा !
ब्यर्थै भएछन साच्चै मेरा प्रश्न ती अनन्त,
खोज बाहिर किन हो उत्तर छ आफु भित्र !
कति घात गर्न सक्छ यौटा द्विविधाले सोचलाई,
उल्टो घुमाउन सक्छ अहमले खोजलाई !
तिम्रो रुप देख्छु अनुपम निशब्द क्षणहरुमा !
तिमीबाट दूर हुन्छु जप त़प र भोजहरुमा !
तिमी सृष्टिमा देखिन्छौ आफ्नो यथार्थ रुपमा !
तिमी शान्तिमा भेटिन्छौ परमार्थको स्वरुपमा !
भ्रमले बुझेंछु इश्वर आत्म रुप तिम्रो नगन्य !
बस मनको सिंहासनमा मेरो मित्र भई अनन्य !