Runa Pani Gaarho Raichh,Haasn Jhan Gaarho……………….

रुन पनि गार्है रैछ हास्न झन गाह्रो,
मनको शान्ति कमाउने यत्न झन साह्रो !
ब्यथा पाल्न कठिन हुने भुल्न झन गाह्रो,
सबै भन्दा जिउन मुस्किल जिन्दगी यो प्यारो !

भन्छन सबै स्वीकृति हो जीवनको यथार्थ,
भाग्नु भन्नु बिकृति हो भोग्नु आफ्नै स्वार्थ !
फूल हो कि काँडा हाम्रो नियतिको मर्म ?
फूल काँडा संगै बोक्नु मानिसको धर्म !

रंग भर्छ जिन्दगीमा जसले कर्म गरी,
सुख उसकोअधिकार उसको कर्मसरि !
आफूबाट आफैं सिक्ने जसले गर्छ बानि,
हासो पनि आफ्नै कमाइ आँसु हुन्छ पानी !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s