तोरी बारी रमाइलो दिन घमाइलो,
मेरो जीवन तिम्रो साथ कति रमाइलो !
डुंगा चल्छ फेवा तालमा गाडी सिन्धुलीमा,
कि त सुन्दर झुल्के घाम कि त गोधुलीमा !
कोशीवारी सप्तरी छ पारी सुनसरी,
धान खेतमा लर्क्यो बाला खुशी मनभरी !
माया तिम्रो मेरो धन जित्यौ मेरो मन,
माया पूजा माया इश्वर मायानै समर्पण !
प्रतिक्षाको घडी लामो माला साट्ने कहिले ?
रीत भन्दा प्रीत ठुलो दिल साटौं पहिले !
तनको माया स्वार्थी हुन्छ मनको माया राम्रो,
स्वर्ग भन्दा पनि ठुलो मनको मन्दिर हाम्रो !