मेरो गीतले कोही रिझेछ भने,
आसुले परेली भिजाउन सक्छ !
भावको निकटता मिलेछ भने,
नदीले बगरलाइ सिंचाऊंन सक्छ !
भाव बोल्छ चाहना अनन्त हुदा,
कि त भूल सम्झी आफै रुदा !
गर्दै अन्तरको भावना व्यक्त,
मन खुल्छ पोखी सुख दुख अव्यक्त !
म आफ्नो सुरमा आफै बहन्छु,
जहा दिल चाहन्छ त्यहीं केही कहन्छु !
यो नाट्यशाला म एक पात्र,
मेरो भाव पोखनु मेरो सुख अनन्त !