जीवनको अर्थ तिम्रो मायासँग अल्झिएको,
पुरानै हो घाउ मेरो अहिले खाली बल्झिएको !
तिमी होइन भन्न सक्छौ आफुलाईनै छकाइ,
साक्षी छन् क्षण बितेका जब तान्दथ्यौ फकाई !
मायाको रुप यस्तो कसरी भयो निठुरी,
मुटु चसक्क दुख्छ फैलिन्छ छाती भरी !
मुन्टो बटार्न सक्छौ नचिनेझैं गर्न सक्छौ,
बाचाहरु बिगतका नगरेको भन्न सक्छौ !
आँखामा हेर्दै मेरा मदमस्त भै रमाई,
बाच्ने कसम खुवायौ मेरो हातमा समाई !
खोली दिलको प्रेमआफ्नो एकपल्ट लौ देखाउ,
सब माफ गर्न सक्छु तिमी आफ्नो घर सजाउ !