पानीको नि रंग हुन्छ हावामा तरंग हुन्छ,
जब फस्छ मन कसैमा यस्तै अचम्म हुन्छ !
हर दिन गुरास फुल्छ त्यसमा सुगन्ध हुन्छ,
जब बस्छ मन कसैमा हर पल उसैको हुन्छ !
बेहोसीमा चल्छ सास धड्किन्छ छाती हरदम,
प्रकृतिमा रंग हुन्न आँखाबिच हुन्छ संगम !
प्रीतिको सुरम्य बागमा सुवास अनौठो हुन्छ,
जब रम्छ दिल कसैमा हर गीत उसैको हुन्छ !
कांपेका ती अधरले एकै नाम लिएका हुन्छन,
थाकेका ती नजरले प्रियतमको छाया खोज्छन !
उमंगको त्यो ज्वारले किनार नपाउने हुन्छ,
जब डुब्छ मन कसैमाआधार उसैको हुन्छ !