तामाकोशी दोभानमा सुनकोशीको छाल ठूलो !
खुर्कोटको घुम्ती होइन मारी लाने काल ठूलो !
मेरो भाग्य आफैं भोग्छु कसको बस भाग्य माथि !
सिन्दुर मेरो धोई देउन गाउ घरका संगी साथी !
हिड़थ्यौ हामी बगर पाखा नेपाल पुग्न गीत गाउदै !
डोको बोकी छाती माथि नानी च्यापी खूब रमाउदै !
तल बग्ने छंग छंग खोला माथि लेक जाडो लाग्ने !
बिकासको रहर हाम्रो मोटर चढी शहर धाउने !
बिकासको सपना देखने मानिसको उद्यमले,
गाडी चल्छ आज त्यहीं पौरखीको पौरखले !
आफ्नो भाग्य आफैं कोर्ने पहाडको छाती फोर्ने !
बुद्धि किन पलाएन दुइ लेनको बाटो कोर्ने ?